जनतामुखी विकासलाई प्राथमिकतामा राख्न मन्त्री चौधरीको निर्देशन
सारांश
- वन तथा वातावरण र कृषि तथा पशुपन्छी विकास मन्त्री गिता चौधरीले वन संरक्षण र जनतामुखी विकासलाई प्राथमिकतामा राख्न निर्देशन दिएकी छन् ।
- मन्त्री चौधरीले संरक्षणको नाममा खर्च हुने बजेटको कम्तीमा ९० प्रतिशत हिस्सा जनताको हितमा उपयोग गर्नुपर्नेमा जोड दिएकी छन् ।
- उनले विकास निर्माणका काममा ढिलाइ नगर्न र फाइल रोक्ने प्रवृत्ति अन्त्य गर्न सम्बन्धित निकायलाई सचेत गराएकी छन् ।
काठमाडौँ । वन तथा वातावरण र कृषि तथा पशुपन्छी विकास मन्त्री गिता चौधरीले वन संरक्षण, बजेटको प्रभावकारी प्रयोग र जनतामुखी विकासलाई प्राथमिकतामा राख्न निर्देशन दिएकी छन् ।
मन्त्री चौधरीले सोमबार राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग र वन तथा भूसंरक्षण विभागमै पुगेर संक्षिप्त जानकारी लिँदै वन संरक्षण, बजेटको प्रभावकारी प्रयोग र जनतामुखी विकासलाई प्राथमिकतामा राख्न निर्देशन दिएकी हुन् ।
संरक्षणका नाममा खर्च हुने बजेटको पारदर्शितामा प्रश्न उठाउँदै मन्त्री चौधरीले भनिन्, ‘वन संरक्षणका नाममा विनियोजित रकम अधिकांश तालिम र गोष्ठी जस्ता कार्यक्रममै सीमित भएकोमा गुनासो छ, आगामी दिनमा यहाँहरूले यो विषयलाई ध्यान दिनुहोला ।’
मन्त्री चौधरीले कम्तीमा ९० प्रतिशत बजेट प्रत्यक्ष संरक्षण र जनताको हितमा खर्च हुनुपर्नेमा जोड निर्देशन दिनु भएको हो । ‘जनताको सहभागिता र लाभ सुनिश्चित नगरी संरक्षणको नाममा खर्च गर्नु हुँदैन,’ उनले भनिन्।
विकास निर्माणका काममा ढिलाइ नगर्न निर्देशन दिँदै मन्त्रीले फाइल रोक्ने प्रवृत्ति अन्त्य गर्न सम्बन्धित निकायलाई सचेत गराइन् । कुनै समस्या भए तुरुन्त कारण खुलाएर पठाउन र अन्तर मन्त्रालय समन्वय आफूले गर्ने मन्त्री चौधरीले प्रतिबद्धता व्यक्त गरिन् ।
कानुन संशोधन आवश्यक परे सम्बन्धित विभागबाट प्रस्ताव पठाउन आग्रह गर्दै मन्त्री चौधरीले मन्त्रालयबाट प्रक्रिया नरोकिने समेत बताइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वैदेशिक रोजगारी तत्काल रोक्न सकिँदैन, सुरक्षित र मर्यादित बनाउन सरकार केन्द्रित : मन्त्री यादव
-
पर्वतको बन्जिसाईड भिरबाट हामफालेका व्यक्तिको शव निकालियो
-
बिहेको दुई महिनाअघि रुसी आक्रमणमा ज्यान गुमाए भारतीय नाविकले, भारतद्वारा रुसी कूटनीतिज्ञलाई ध्यानाकर्षण
-
चोभार गेटमा बस, ट्यांकर र बाइक एकआपसमा ठोक्किए (तस्बिरहरु)
-
प्यारामाउन्ट–वार्नर ब्रदर्स विलय सम्झौतामाथि अमेरिकी अदालतले लगायो अस्थायी रोक
-
यी हुन् मिर्गौला क्यान्सरका संकेत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण