मधेस प्रदेश प्रमुखसमक्ष मानवअधिकार आयोगको प्रतिवेदन पेस
सोमबार, २३ चैत २०८२, २० : ५८
धनुषा । राष्ट्रिय मानवअधिकार आयोग, मधेस प्रदेश कार्यालयले गत आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदन प्रदेश प्रमुखसमक्ष पेस गरेको छ।
आयोगका मधेस प्रदेश कार्यालय प्रमुख बुद्धनारायण सहनीले आज जनकपुरधाममा आयोजित कार्यक्रममा नेपालको संविधानको धारा २९४ को उपधारा (३) बमोजिम प्रदेश प्रमुख सुरेन्द्र लाभ कर्णसमक्ष सो प्रतिवेदन पेस गरेका हुन् ।
प्रतिवेदन ग्रहण गर्दै प्रदेश प्रमुख कर्णले मानव अधिकार संरक्षण राज्यको महत्वपूर्ण दायित्व भएको उल्लेख गर्दै आयोगले उठाएका विषयवस्तुलाई गम्भीरतापूर्वक अध्ययन गरिने बताए । साथै उनले मानव अधिकारको संरक्षण तथा प्रवर्द्धनका लागि आवश्यक पहल गरिने प्रतिबद्धता व्यक्त गरे।
सो प्रतिवेदनमा मधेस प्रदेशमा मानव अधिकारको अवस्था, चुनौती तथा सुधारका लागि आवश्यक सुझाव समेटिएको जनाइएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संविधान संशोधन सुझाव कार्यदल : एमालेले तथ्य र औचित्यका आधारमा प्रस्ताव तयार गर्ने
-
कांग्रेसले मुख्यमन्त्री कँडेलविरूद्ध अविश्वास प्रस्तावको पक्षमा मतदान गर्ने
-
साउन २९ गते कांग्रेस संस्थापन इतरपक्षले बोलायो राष्ट्रिय भेला
-
बंगलादेशमा दादुराबाट थप ६ जनाको मृत्यु
-
एनआरएनए पूर्वअध्यक्ष शर्माद्वारा भूमि प्रशासन कार्यालय चितवनको शौचालय पुनर्निर्माण गरेर हस्तान्तरण
-
एमालेका मन्त्रीहरूको राजीनामापछि अल्पमतमा बागमती सरकार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण