८५ हजार घुससहित तीन जना कर्मचारी अख्तियारको नियन्त्रणमा
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुस लिइसकेकाे अवस्थामा तीन जना कर्मचारीलाई नियन्त्रणमा लिएको छ ।
सघन शहरी तथा भवन निर्माण आयोजना, धनकुटामा कार्यरत इन्जिनियर सुमन राई, लेखा अधिकृत ईन्द्र बहादुर कार्की र सब–इन्जिनियर रविन श्रेष्ठलाई घुस लिइसकेकाे अवस्थामा नियन्त्रणमा लिइएको अख्तियारले जनाएको छ ।
अख्तियारका अनुसार भोजपुर जिल्ला टेम्केमैयुङ गाउँपालिका वडा नम्बर ५ खावास्थित पशुपति माध्यमिक विद्यालय को भवन निर्माण कार्यसँग सम्बन्धित अन्तिम बिल भुक्तानी प्रक्रिया अगाडि बढाउन उनीहरूले सेवाग्राहीसँग घुस मागेका थिए।
विभिन्न बहाना बनाई दुःख हैरानी दिँदै सेवाग्राहीसँग ८५ हजार घुस लिइसकेको अवस्थामा अख्तियारको टोलीले उनीहरूलाई नियन्त्रणमा लिएको हो ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोग, टंगालबाट खटिएको टोलीले इन्जिनियर सुमन राईलाई ललितपुरबाट नियन्त्रणमा लिएको थियो भने आयोगको कार्यालय इटहरीबाट खटिएको टोलीले लेखा अधिकृत ईन्द्र बहादुर कार्की र सब–इन्जिनियर रविन श्रेष्ठलाई साेमबार धनकुटा र भोजपुरबाट नियन्त्रणमा लिइएकाे अख्तियारका सहायक प्रवक्ता गणेश बहादुर अधिकारीले बताए ।
उनीहरूको साथबाट घुस रकम, मोबाइल थान ३ र सम्बन्धित कागजातसमेत बरामद गरिएको अख्तियारले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दुई महिनादेखि फोहर नउठ्दा शिवगञ्ज बजारमा समस्या
-
अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गरिँदै
-
संघको सिकोः गण्डकीमा पनि स्वकीय सचिव लिने तयारी
-
पूर्वी अफगानिस्तानमा बाढीबाट ४० भन्दा बढीको मृत्यु
-
सुदूरपश्चिम विश्वविद्यालयका डिनको गाडी चोर्ने आरोपी काठमाडौँबाट पक्राउ
-
पेपर लिक प्रकरणमा राजनीति नगर्न जेपी नड्डाको चेतावनी, आन्दोलनकारीसँग वार्ताको ढोका खुला
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण