फलफूल आयात सहजीकरण गर्न माग
सोमबार, २३ चैत २०८२, २३ : ३७
सारांश
- नेपाल फलफूल व्यवसायी महासङ्घले अवैध कारोबार नियन्त्रणको माग गरेको छ।
- अध्यक्ष भरतप्रसाद खतिवडाले विज्ञप्ति जारी गर्दै आयात सहजीकरणको लागि आग्रह गरे।
- केरा आयातमा प्रतिबन्धका कारण गैरभन्सार मार्गबाट आयात भइरहेको छ।
काठमाडौँ । नेपाल फलफूल व्यवसायी महासङ्घले गैर भन्सार मार्गबाट हुने अवैध कारोबार नियन्त्रण गरी आयात सहजीकरण गर्न माग गरेको छ ।
महासङ्घका अध्यक्ष भरतप्रसाद खतिवडाले आज एक विज्ञप्ति जारी गरी फलफूल तथा तरकारीजन्य वस्तुका साथै केरा गैर भन्सार मार्गबाट हुने अवैध कारोबार नियन्त्रण गरी आयात सहजीकरण गर्न सरकारसँग माग गरेका हुन् । “अवैध कारोबारले गर्दा राज्यलाई दैनिक करोडौँको राजस्वसमेत गुम्न गएको छ, वैधानिक रूपमा व्यवसाय गर्ने व्यवसायीहरू मर्कामा पर्न गएको र उपभोक्ताले ३०० प्रतिशत सम्म महँगो मूल्य तिर्न बाध्य हुनुपरेको अवस्थालाई अन्त्य गर्नुपर्छ”, विज्ञप्तिमा भनिएको छ ।
विगत केही समयदेखि केरा आयातमा लगाइएको प्रतिबन्धका कारण नेपाली उत्पादन पर्याप्त नभएको अवस्थामा गैर भन्सार मार्गबाट केरा आयात भइरहेको महासङ्घले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
-
हर्मुज तनावसँगै तेल बजार प्रभावित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण