पहिलो पटक अफशोर तेल उत्खननको तयारीमा सोमालिया
सारांश
- सोमालियाले आफ्नो इतिहासमै पहिलो पटक अफशोर तेल उत्खनन सुरु गर्ने तयारी गरेको छ।
- टर्कीको ड्रिलिङ जहाजले सोमालियाको समुद्रभित्र पहिचान गरिएका सम्भावित क्षेत्रमा उत्खनन कार्य सुरु गर्नेछ।
- यस परियोजनाले सोमालियाको आर्थिक पुनरुत्थानमा महत्त्वपूर्ण सहयोग पुग्ने अपेक्षा गरिएको छ।
मोगादिसु । सोमालियाले आफ्नो इतिहासमै पहिलो पटक अफशोर तेल उत्खनन सुरु गर्ने तयारी गरेको छ । टर्की सरकारको स्वामित्वमा रहेको ड्रिलिङ जहाज यही शुक्रबार सोमालियाको तट नजिक पुग्ने अपेक्षा गरिएको छ । यो कदम गत वर्ष टर्कीको अनुसन्धान जहाजले सफलतापूर्वक गरेको सिस्मिक सर्वेक्षणपछि अगाडि बढाइएको हो, जसले समुद्रभित्रको हाइड्रोकार्बन सम्भावना पहिचान गरेको थियो ।
सोमालियाका पेट्रोलियम मन्त्री दाहिर शायरले सामाजिक सञ्जालमा यसलाई अफशोर ऊर्जा यात्राको ऐतिहासिक उपलब्धि भन्दै नयाँ अध्यायको सुरुवात बताएका छन् । टर्कीको टर्किस पेट्रोलियम कर्पोरेशनको ड्रिलिङ जहाज काग्री बे पहिलो अन्तर्राष्ट्रिय मिशनमा अरब सागर हुँदै सोमालियाको समुद्री क्षेत्रमा प्रवेश गर्नेछ । उक्त जहाजले गहिरो समुद्रमा हालै पहिचान गरिएका सम्भावित क्षेत्रमा ड्रिलिङ गर्नेछ ।
उत्खनन सफल भएमा यसले सोमालियाको अफशोर तेल भण्डार उपयोगमा ल्याउने र देशको आर्थिक पुनरुत्थानमा सहयोग पुर्याउने अपेक्षा गरिएको छ । सरकारले यसबाट प्राप्त लाभले जनताको जीवनस्तर सुधार गर्ने प्रतिबद्धता जनाएको छ । टर्की र सोमालियाबिच २०२४ मा उत्पादन साझेदारी सम्झौता भएको थियो, जसले ऊर्जा क्षेत्रमा सहकार्यलाई संस्थागत बनाएको छ ।
सोमालियाका विदेश मन्त्री यो परियोजनाले टर्कीलाई दीर्घकालीन विश्वसनीय साझेदारका रूपमा अझ मजबुत बनाउने अली ओमारले बताएका छन् । त्यस्तै, टर्कीका ऊर्जा मन्त्री अल्पार्सलान बायराक्तारले सम्भावित तेल वा ग्यासको खोजले सोमालिया, पूर्वी अफ्रिका र टर्की तीनैका लागि ठुलो आर्थिक लाभ ल्याउने बताएका छन् । टर्कीले पछिल्लो एक दशकदेखि सोमालियासँगको सम्बन्ध गहिरो बनाउँदै आएको छ र त्यहाँ विकास तथा सुरक्षा क्षेत्रमा लगानीसमेत बढाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एक वर्षमा ३० करोडभन्दा बढीको तस्करीका सामान बरामद
-
जापानमा ‘क्रूर गर्मी’ को चेतावनी
-
कांग्रेसको आत्मा र भावना हामीसँगै छ, असहमति राख्नेलाई सिध्याएर अघि बढ्न मिल्दैन: गच्छदार
-
श्रमिकका उजुरी एक घण्टाभित्रै सम्बोधन गर्न निर्देशन
-
कांग्रेसमा निरङ्कुशता र हुकुमीशैली छ : शेखर कोइराला
-
कानुन कार्यान्वयनको अध्ययन गर्न राष्ट्रियसभाले बनायो उपसमिति
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण