विकास, आर्थिक मामिला तथा सुशासन समिति सभापतिमा पौडेल निर्विरोध
मङ्गलबार, २४ चैत २०८२, १५ : १२
सारांश
- राष्ट्रिय सभा अन्तर्गतको विकास, आर्थिक मामिला तथा सुशासन समिति सभापतिमा कृष्णप्रसाद पौडेल निर्विरोध निर्वाचित भएका छन्।
- समितिको बैठकले पाँच जना नयाँ सदस्यहरूलाई पनि चयन गरेको छ।
काठमाडौँ । राष्ट्रिय सभा अन्तर्गतको विकास, आर्थिक मामिला तथा सुशासन समिति सभापतिमा कृष्णप्रसाद पौडेल निर्विरोध निर्वाचित भएका छन् । मंगलबार बसेको समितिको बैठकले पौडेललाई सभापतिमा चयन गरेको हो ।
बैठक समितिका ज्येष्ठ सदस्य सभापति महन्थ ठाकुरको सभापतित्वमा बसेको थियो । सभापति ठाकुरले बैठकमा कृष्णप्रसाद पौडेललाई समितिको सभापति चयन गर्नको लागी एकमात्रै प्रस्ताव पेस भएकोले निर्विरोध निर्वाचित भएको घोषणा गरेका थिए । पौडेललाई सभापति बनाउन नारायणदत्त भट्टको प्रस्ताव र जगत तिमल्सिनाको समर्थन रहेको थियो ।
यस्तै समितिमा ५ जना नयाँ सदस्यहरू चयन भएका छन् । महन्थ ठाकुर, जगत तिमल्सिना, रेखाकुमारी झा, वासुदेव घिमिरे र सम्झना देवकोटा समितिको सदस्यमा चयन भएका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
म्याराथनको टिसर्टमा खुम्चिएका बीपी : फेसन कि समाजवाद ?
-
विपक्षी दलहरूले विपद् व्यवस्थापनबारे राष्ट्रियसभामा गृहमन्त्रीको ध्यानाकर्षण प्रस्ताव दर्ता गर्दै
-
एक खर्ब निक्षेप सङ्कलन गर्दै केन्द्रीय बैंक
-
प्रहरी कर्मचारीलाई ट्राफिक नियन्त्रण तालिम
-
कांग्रेसले घोषणा गर्यो कल्याण कोष
-
फेवाताल किनारमा नकुहिने फोहोरको डङ्गुर (तस्बिरहरू)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण