सरकारलाई दबाब दिन पत्रकार महासङ्घद्वारा पहिलो चरणको अभियान सञ्चालन
सारांश
- नेपाल पत्रकार महासङ्घले सरकारलाई दबाब दिन पहिलो चरणको आन्दोलन सुरु गरेको छ।
- सरकारी सञ्चारमाध्यममा मात्र सूचना प्रकाशन गर्ने परिपत्रको विरोध गर्दै महासङ्घले चैत २५ गतेबाट दबाबका कार्यक्रम सार्वजनिक गरेको छ।
काठमाडौँ । नेपाल पत्रकार महासङ्घले सरकारलाई दबाब दिन पहिलो चरणको अभियान सञ्चालन गरेको छ ।
सरकारी सञ्चारमाध्यममा मात्र सरकारी सूचना प्रकाशन र प्रसारण गर्ने भनी प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट सबै सङ्घीय मन्त्रालय, आयोग र सचिवालय, प्रदेश र स्थानीय तहहरूलाईसमेत जारी गरिएको परिपत्र तत्काल फिर्ता गर्नेतर्फ सकारात्मक पहल नभएको भन्दै सरकारलाई दबाब दिन महासङ्घले पहिलो चरणको अभियान सञ्चालन गर्ने निर्णय हो ।
सरकारी निर्णय निजी सञ्चारमाध्यम र स्वतन्त्र पत्रकारिताको हितविरुद्ध देखिएकोले महासङ्घले दबाब अभियान अन्तर्गत चैत २५ गतेबाट दबाब बढाउन लागेको हो ।
महासङ्घले सञ्चार तथा सूचना प्रविधिमन्त्री विक्रम तिमिल्सिनालाई भेटी निर्णय खारेज गर्न माग गरे पनि सुनुवाइ नभएको महासङ्घका महासचिव रामप्रसाद दाहालले बताए ।
दबाब कार्यक्रम तय
२०८२।१२।२५ गते – महासङ्घका पूर्वअध्यक्ष
२०८२।१२।२६ गते– राष्ट्रिय दैनिक, साप्ताहिक, अनलाइनका सम्पादक
२०८२।१२।२७ गते– राजनीतिक दलका संसदीय दलका नेता
२०८२।१२।२८ र २९ – महासङ्घ केन्द्रीय समिति बैठक
यस अवधिमा माग पूरा नभए दबाबका थप कार्यक्रम गरिनेछ । केन्द्रीय समितिले तय गरेका दबाब कार्यक्रम प्रदेश समिति र शाखाहरूले गर्ने पनि तय भएको छ ।
यसका साथै श्रमजीवी पत्रकारलाई नियमित पारिश्रमिक र सेवा–सुविधा उपलब्ध गराउन सञ्चार गृहहरूसँग महासंंघले अनुरोध समेत गरेकाे छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विभेदरहित समाज नै समृद्ध नेपाल निर्माणको आधार हो: उपराष्ट्रपति
-
बिहीबार यस्ताे छ विदेशी मुद्राको विनिमय दर
-
राष्ट्रपति पौडेलद्वारा जातीय भेदभाव तथा छुवाछूत उन्मूलन राष्ट्रिय दिवसको शुभकामना
-
वडा कार्यालय र स्वास्थ्य चौकी भवन शिलान्यास
-
समयमै काम नगर्ने निर्माण व्यवसायीको ठेक्का सम्झौता रद्द
-
बालश्रम रोकथामका लागि ठमेलका स्पा र मसाज सेन्टरमा अनुगमन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण