‘सरकार अधिनायकवादी र अपरिपक्व, राजनीतिक प्रतिशोध बन्द गर’
मकवानपुर । नेकपा एमाले बागमती प्रदेश संसदीय दलका नेता जगन्नाथ थपलियाले वर्तमान सङ्घीय सरकार अधिनायकवादी बाटोमा हिँडेको र राजनीतिक प्रतिशोधमा उत्रिएको आरोप लगाएका छन् । नेता थपलियाले सरकारका पछिल्ला गतिविधिहरू लोकतान्त्रिक मूल्य र मान्यता विपरीत रहेको बताए ।
मंगलबारदेखि सुरु भएको बागमती प्रदेशसभाको बैठकलाई सम्बोधन गर्दै नेता थपलियाले पूर्वप्रधानमन्त्री एवम् एमाले अध्यक्ष केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकमाथि सरकारले बिना पर्याप्त अनुसन्धान प्रतिशोधपूर्ण ढङ्गले कारबाही अघि बढाएकोमा आपत्ति जनाए ।
उक्त विषयमा सम्मानित सर्वोच्च अदालतले दिएको आदेशको स्वागत गर्दै नेताहरूको शीघ्र रिहाइको माग गरे । सरकारको कार्यशैलीमाथि प्रश्न उठाउँदै थपलियाले शैक्षिक परामर्श केन्द्रहरू बन्द गर्ने र फेरि खोल्ने जस्ता निर्णयले सरकारको अपरिपक्वता र अस्थिरता छताछुल्ल भएको बताए । कार्यालय समय ९ बजे बनाउने र आइतबार बिदा दिने निर्णयहरू व्यवहारिक पक्ष नहेरी हचुवाका भरमा गरिएको उनको भनाइ छ ।
‘अध्यक्ष ओली र नेता लेखकलाई पक्राउ गरी हिरासतमा राख्ने कार्य निन्दनीय र आपत्तिजनक छ । यो सरकारको अधिनायकवादी प्रवृत्ति र असंवेदनशीलताको प्रत्यक्ष उदाहरण हो,’ उनले भने ।
उनले लिपुलेक, कालापानी र लिम्पियाधुराको विषयमा सरकारको मौनताप्रति प्रश्न गरे । वैदेशिक ऋण नलिने प्रतिबद्धता जनाएर अहिले सहुलियत ऋण स्वीकार्नु जनतालाई ठग्नु मात्र भएको उनले बताए । उनले परिणाममुखी कार्यसम्पादनका लागि सरकारलाई सुझाव दिए।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सामाजिक सुरक्षा कोषलाई श्रम मन्त्रालयअन्तर्गत ल्याउनुपर्ने जेटियुसीसीको माग
-
परीक्षामा बरामद गरिएका ४९६ थान मोबाइल नष्ट, के भन्छ सिरहा प्रहरी ?
-
इजरायली हवाई आक्रमणमा ४ जनाको मृत्यु, लेबनान युद्धविराम सम्झौता सङ्कटमा
-
सुधन गुरुङको १७ पेजको बयानसहित समितिले बुझायो ४५ पेजको प्रतिवेदन
-
मुलुकलाई राजनीतिक निकास दिनु नै तत्कालीन सरकारको मुख्य प्राथमिकता थियो : पूर्वमन्त्री सिन्हा
-
रिपब्लिकन सांसदले नै तोडे ट्रम्पको लाइन : युक्रेन सहायता र रुसमाथि प्रतिबन्धको विधेयक पारित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण