राजीनामा घोषणा गरेका राप्रपा नेता थापा भने – जनतासँग हामीले के मुख देखाउने ?
मकवानपुर । जेनजी आन्दोलनको क्रममा पार्टीले सामूहिक राजीनामाको घोषणा गरे पनि राप्रपा बागमती प्रदेश संसदीय दलका नेता उद्धव थापा मंगलबारको प्रदेशसभा बैठकमा उपस्थित भएर सरकारमाथि आक्रामक रूपमा प्रस्तुत भएका छन् ।
राप्रपाले सङ्घीय र प्रदेश दुवै तहबाट राजीनामा दिने निर्णय गरेको पृष्ठभूमिमा बैठकमा उपस्थित भएका थापाले आफूहरू पदभन्दा पनि विधिको शासन र जनताको अधिकारका लागि लडिरहेको बताए ।
पाँच महिनापछि सुरु भएको प्रदेशसभाको बैठकमा बोल्दै नेता थापाले सरकारले जनताको भावना बुझ्न नसकेको र कुशासनको बाटो रोजेको आरोप लगाए ।
नेता थापाले बढ्दो महँगी र आर्थिक सङ्कटबारे सरकारलाई मौन रहेको भन्दै आक्रोश व्यक्त गरे । उनले पद अस्थायी हुने र कानुन मात्र स्थायी हुने भन्दै सरकारलाई घमण्ड त्याग्न आग्रह गरे । प्रदेश सरकारले संसद्बाट पारित भएका १ हजार ६७१ वटा योजनाहरूमा ‘कैँची’ चलाएको भन्दै नेता थापाले असन्तुष्टि व्यक्त गरे ।
‘मैले यही रोष्टमबाट चुनौती दिएको थिएँ, सामाजिक सञ्जाल बन्द गरेर जनताको आवाज थुन्न सकिँदैन । सरकारले १९ गते बन्द गर्यो तर २३ गते खोल्न बाध्य भयो । जनता जनार्दन हुन् । उनीहरूलाई कहिल्यै नआँक्नुस् ।’ उनले भने, ‘७२ रुपैयाँको पेट्रोल २०२ पुग्यो, २१० को केरा २८० पुग्यो । सरकार के हेरेर बसेको छ ? मध्यपूर्वको लडाइँले नेपाली दाजुभाइ जोखिममा छन्, रेमिट्यान्स घटेको छ । यस्तो बेला सरकार जम्बो मन्त्रिमण्डल बनाएर रमाउन मिल्छ ? संसद्ले अपनत्व लिएका योजनाहरूलाई एउटा मन्त्रीले काट्न मिल्छ ? यदि योजना कार्यान्वयन गर्न सकिँदैन भने सदनमा आएर जवाफ दिनुपर्छ । हामीलाई पटक–पटक झुटो बोल्ने बनाइयो, जनतासँग हामीले के मुख देखाउने ?’
नयाँ पुस्ता (जेनजी) ले देशमा सुशासन र परिवर्तन खोजेकाले सरकारले आफ्नो कार्यशैली नसच्याए फेरि अर्को आन्दोलन हुने चेतावनी दिए । उनले विधिको शासन र संविधानको सर्वोच्चता कायम गर्न सरकारलाई गम्भीर हुन आग्रह गर्दै राप्रपा जनताको पक्षमा जुनसुकै त्याग गर्न तयार रहेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इतिहासमै पहिलो पटक सांस्कृतिक संस्थानको राष्ट्रिय दोहोरी गीत प्रतियोगिता सुरु
-
मूल्य समायोजन गर्न एक हप्ताभित्र औषधि परामर्श परिषद्को बैठक बस्ने
-
खोलाको दहमा डुबेर १४ वर्षीया बालिकाको मृत्यु
-
दोधारा–चाँदनी सुक्खा बन्दरगाहको भौतिक प्रगति १२ प्रतिशत
-
रेडक्रसमा नवगठित तदर्थ समितिको पदभार ग्रहण
-
महाभारतकालीन इतिहाससँगै धर्म र पर्यटनलाई जोड्दै भुटनदेवी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण