नेपाल सरकार ऋणको पासोमा फस्यो : नेता गोसाई
सारांश
- नेमकिपाका नेता सुरेन्द्रराज गोसाईले नेपालको आन्तरिक मामिलामा विदेशी हस्तक्षेप चरम बिन्दुमा पुगेको बताएका छन्।
- उनले अमेरिकी दूतावासले युवा परिषद्का लागि सिधै आवेदन माग्नु देशको सार्वभौमसत्तामाथिको प्रहार भएको टिप्पणी गरे।
- सरकारले देशलाई ऋणको पासोमा पारेको आरोप लगाउँदै उनले आत्मनिर्भर अर्थतन्त्रको आवश्यकतामा जोड दिएका छन्।
मकवानपुर । नेपाल मजदुर किसान पार्टी (नेमकिपा) का बागमती प्रदेश संसदीय दलका नेता सुरेन्द्रराज गोसाईले नेपालको इतिहासमै यतिबेला वैदेशिक हस्तक्षेप चरम बिन्दुमा पुगेको बताएका छन् । उनले विदेशी शक्तिहरूले प्रत्यक्ष रूपमा नेपालको आन्तरिक मामिलामा हात हाल्दा पनि सरकार मूकदर्शक बनेको आरोप लगाए ।
मंगलबारदेखि सुरु भएको बागमती प्रदेशसभाको हिउँदे अधिवेशनलाई सम्बोधन गर्दै नेता गोसाईले अमेरिकी दूतावासले सिधै युवा परिषद्का लागि आवेदन आह्वान गर्नु देशको सार्वभौमसत्तामाथिको प्रहार भएको टिप्पणी गरे । नेता गोसाईले सरकारको आर्थिक नीतिको आलोचना गर्दै सरकारले देश र नागरिकलाई आत्मनिर्भर बनाउनु पर्ने बताए । साम्राज्यवादी शक्तिहरूले प्राकृतिक स्रोत भएका देशहरूमा कसरी हस्तक्षेप गर्छन् भन्नेतर्फ सचेत हुनुपर्ने उनको भनाई छ ।
आत्मनिर्भरताको बाटो नहिँडेसम्म नेपाल र नेपाली जनताको अवस्था नसुध्रिने उनले दाबी गरे । नेता गोसाईका अनुसार बागमती सरकार अत्यन्तै सुस्त र निष्प्रभावी भएको बताए ।
‘अमेरिकी दूतावासले नेपालका युवाहरूका लागि सिधै आवेदन माग्नु के सामान्य कुरा हो ? देशमा विदेशी हस्तक्षेप कुन तहमा पुगेको छ भन्ने यसैले पुष्टि गर्छ । हामीले एमसीसी र एसपीपी जस्ता सम्झौताको विरोध गर्दै आएका थियौँ । अहिलेको परिस्थिति त्यसैको सिलसिला हो कि भन्ने हाम्रो ठम्याइ छ ।’ उनले भने, ‘हिजो सरकारमा जानुअघि वैदेशिक ऋण लिँदैनौँ । आत्मनिर्भर बन्छौँ भन्नेहरूले आज दुई दिनमै ३७ अर्ब वैदेशिक ऋण स्वीकार गरेका छन् । यो नेपाली जनतालाई ऋणको पासोमा डुबाउने खेल मात्र हो ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बर्गर खाएको भिडियो सार्वजनिक भएपछि ककरोच जनता पार्टीका प्रवक्ता बर्खास्त
-
तारकेश्वरबाट चोरीका सुनचाँदीका गहनासहित दुई जना पक्राउ
-
सडकको ताजा अवस्था : कतै पूर्ण बन्द, कतै एकतर्फी सञ्चालन (सूचीसहित)
-
किन किनारा लगाइए अर्थमन्त्री वाग्ले ?
-
फुटबल अर्थतन्त्रः रेस्टुरेन्टको सट्टा फुड डेलिभरी चले, एआईले टिसर्ट व्यापार खस्कियो
-
सिर्सिया नदीमा दुर्गन्धित फोहर फ्याक्ने ६ उद्योगलाई जरिवाना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण