डाटा प्याकेज सकिएपछि स्वतः मोबाइल ब्यालेन्स काटिने व्यवस्था अन्त्य
काठमाडौँ। नेपाल टेलिकमको डाटा प्याकेजसम्बन्धी सेवामा सुधार भएको छ । डाटा प्याकेज सकिएपछि स्वतः मोबाइल ब्यालेन्स काटिने व्यवस्था अन्त्य भएको छ ।
सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका अनुसार अब ग्राहकको डाटा प्याकेज ९० प्रतिशत खपत भइसकेपछि नै एसएमएस तथा मोबाइल एपमार्फत सूचना पठाइनेछ । त्यसपछि ग्राहकलाई आवश्यकताअनुसार प्याकेज पुनः नवीकरण गर्न अनुरोध गरिने व्यवस्था लागु गरिएको मन्त्रालयले जनाएको छ ।
यसअघि डाटा प्याकेज सकिएलगत्तै स्वतः मुख्य ब्यालेन्सबाट रकम कट्ने गुनासो बढेपछि मन्त्रालयले उक्त व्यवस्था हटाउने निर्णय गरेको हो । नयाँ व्यवस्थाअनुसार ग्राहकले चाहेमा मात्र पास एस यु गो प्रणाली प्रयोग गर्न सक्नेछन् ।
यो प्रणाली प्रयोग गर्न इच्छुक ग्राहकले *444# डायल गरी उक्त सेवा इनेबल वा डिसेबल गर्न सक्ने व्यवस्था मिलाइएको मन्त्रालयले स्पष्ट पारेको छ ।
यो पनि
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : व्यवसायी अग्रवाल थुनामादेखि मुख्यमन्त्री बन्न केन्द्रको निर्णयको पर्खाइसम्म
-
अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी
-
आपराधिक गतिविधि बढ्दै प्रशासनद्वारा यस्तो आग्रह
-
युक्रेनका बर्खास्त गरिएका युक्रेनी पूर्व रक्षामन्त्रीलाई अर्को जिम्मेवारी सम्हाल्न राष्ट्रपतिको आग्रह, फेडोरोभद्वारा अस्वीकार
-
सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा
-
आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण