१० बजे १० समाचार : विशेष महाधिवेशन पक्षधरलाई चेतावनी, पेट्रोलियम पदार्थमा कर छुट
आज २०८२ चैत २४ गते मंगलबार । आज दिनभरका मुख्य १० घटनाक्रम रातोपाटी डटकमको नियमित प्रस्तुति ‘१० बजे १० समाचार’मा प्रस्तुत गरेका छौँ–
- राष्ट्रिय सभा
राष्ट्रिय सभा अन्तर्गत ४ समितिमा सभापति निर्विरोध चयन भएका छन् । सङ्घीय संसद् सचिवालयले ४ वटै समितिमा सभापतिका लागि उम्मेदवारी मनोनयन गर्ने समय तोकेको थियो । मनोनयनका लागि तोकिएको समयमा एक/एक जनाको उम्मेदवारी परेकाले सबै समिति सभापति निर्विरोध निर्वाचित भएका छन् ।
- उपाध्यक्ष भण्डारीद्वारा पदभार
राष्ट्रिय सभाकी नवनिर्वाचित उपाध्यक्ष लीलाकुमारी भण्डारीले पदभार ग्रहण गरेकी छन्। शपथग्रहणलगत्तै सिंहदरबारस्थित कार्यकक्षमा पुगेर उनले आफ्नो कार्यभार सम्हालेकी हुन्। पदभार ग्रहणपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले सामाजिक सञ्जालमार्फत महिलामाथि हुने चरित्रहत्या (साइबर बुलिङ) विरुद्ध कडा कानुनी व्यवस्थाको आवश्यकता औँल्याइन्।
- प्रतिनिधि सभा
प्रतिनिधिसभामा राष्ट्रियसभाबाट प्राप्त तीन विधेयकसम्बन्धी सन्देश टेबुल गरिएको छ ।प्रतिनिधिसभाको आजको बैठकमा प्रतिनिधिसभाका सचिव हर्कराज राईले राष्ट्रिय विधि विज्ञान प्रयोगशाला (स्थापना तथा सञ्चालन) विधेयक, २०८१, पर्यटन विधेयक, २०८१ र चलचित्र विधेयक, २०८१ सम्बन्धी सन्देश विधेयक टेबुल गरेका हुन् ।
- मन्त्रिपरिषद् बैठकका निर्णय
मन्त्रिपरिषद्को मंगलबार बैठकले विभिन्न महत्वपूर्ण निर्णयहरू गरेको छ। बैठकले अर्थ मन्त्रालयअन्तर्गत बृहत्तर लुम्बिनी क्षेत्र विकास परियोजनाका लागि विश्व बैंकले प्रदान गर्ने ८५ मिलियन अमेरिकी डलर बराबरको सहुलियतपूर्ण ऋण स्वीकार गर्ने निर्णय गरेको बैठकपछि संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावलले जानकारी दिइन् ।
- नियुक्ति
नेपाल राष्ट्र बैंकको डेपुटी गभर्नरमा किरण पण्डित नियुक्त भएका छन् । मन्त्रिपरिषद्को मंगलबार बसेको बैठकले रिक्त दुई डेपुटी गभर्नरमध्ये एकमा पण्डितलाई नियुक्त गर्ने निर्णय गरेको हो । अर्को रिक्त डेपुटी गभर्नरमा भने अहिले नियुक्ति गरिएको छैन ।
राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा डा गुणाकर भट्ट नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले सो निर्णय गरेको हो ।
- डाटा प्याकेज
नेपाल टेलिकमको डाटा प्याकेजसम्बन्धी सेवामा सुधार भएको छ । डाटा प्याकेज सकिएपछि स्वतः मोबाइल ब्यालेन्स काटिने व्यवस्था अन्त्य भएको छ ।
- मूल्यवृद्धि
पश्चिम एसियामा बढ्दै गएको द्वन्द्वको बाछिटा नेपालका भान्सासम्म आइपुगेको छ । अमेरिका, इजरायल र इरानबिच तनाव भइरहँदा विश्व बजारमा कच्चा तेलको मूल्य आकासिएको छ ।
- सहकारी समस्या
पाल्पाको रम्भा गाउँपालिका–४ स्थित लालीगुराँस सहकारी संस्थाका व्यवस्थापकले झन्डै तीन करोड रुपैयाँ हिनामिना गरेको खुलेपछि सञ्चालक समितिले आन्तरिक छानबिन गरी व्यवस्थापकलाई निलम्बन गरेको थियो ।
लाखौँ बचतकर्ताको अर्बौं रुपैयाँ डुबेर सहकारी क्षेत्र गम्भीर सङ्कटबाट गुज्रिरहेको छ । यस्तो बेलामा सहकारी क्षेत्रलाई संरक्षण गर्न के गर्नुपर्ला भन्नेमा गम्भीर छलफल आवश्यक छ ।
- सूर्यविनायक-धुलिखेल सडक
अरनिको राजमार्ग अन्तर्गत सूर्यविनायक–धुलिखेल सडक विस्तारका क्रममा छ । सूर्यविनायकदेखि धुलिखेलसम्म दुई खण्डमा विभाजित गरी दुई लेनको सडकलाई ६ लेन (मुख्य ४ लेन र २ सर्भिस लेन) मा विस्तार भइरहेको छ ।
- विशेष महाधिवेशन
नेकपा एमालेले विशेष महाधिवेशनको माग गर्दै थालिएको हस्ताक्षर अभियान तत्काल बन्द गर्न चेतावनी दिएको छ । एमाले कार्यवाहक अध्यक्ष रामबहादुर थापा ‘बादल’ र महासचिव शंकर पोखरेलले विशेष महाधिवेशनको माग गर्दै हस्ताक्षर अभियान चलाएका नेताहरूलाई मंगलबार पार्टी कार्यालय च्यासलमा बोलाएर हस्ताक्षर अभियान तत्काल नरोके कारबाही गर्ने सम्मको चेतावनी दिएका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
परम्परागत नेतृत्वको ‘कम्फर्ट जोन’ र पुराना मानक बदल्न विज्ञहरूको जोड
-
यी ६ सहकारीलाई कार्यालय खाली गर्न महानगरको १५ दिने म्याद
-
कंगोमा विद्रोहीको आक्रमणमा ३० जनाभन्दा बढीको मृत्यु, इबोला नियन्त्रण अभियान प्रभावित
-
विपद्ले निम्त्याउँदैछ अर्बौंको क्षति, तर पूर्वतयारीमा सरकारको बेवास्ता
-
शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति सदस्य स्वार्थ बाझिने बैठकमा सहभागी हुन नपाउने
-
एमालेको २ दिने कार्यशाला : ओलीले उद्घाटन गरे, शंकरले गर्दैछन् समापन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण