समस्याग्रस्त सहकारी व्यवस्थापन समितिका अध्यक्षको राजीनामा स्वीकृत
मङ्गलबार, २४ चैत २०८२, १३ : ३७
सारांश
- सरकारले समस्याग्रस्त सहकारी व्यवस्थापन समितिका अध्यक्ष र दुई सदस्यको राजीनामा स्वीकृत गरेको छ।
- मन्त्रिपरिषद् बैठकले बृहत्तर लुम्बिनी विकास परियोजनाका लागि विश्व बैंकबाट ८५ अर्ब ऋण लिने निर्णय गरेको छ।
- सरकारले ललितपुरको पुल्चोकस्थित जलश्रोत तथा ऊर्जा अनुसन्धान केन्द्रलाई गोदावरी सार्ने निर्णय गरेको छ।
काठमाडौं । सरकारले समस्याग्रस्त सहकारी व्यवस्थापन समितिका अध्यक्षसहित २ सदस्यको राजीनामा स्वीकृत गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले उनीहरूको राजीनामा स्वीकृत गरेको हो ।
समितिका अध्यक्ष श्रीमण कुमार गौतम तथा सदस्यहरू ललिताकुमारी महर्जन र ध्रुव आचार्यको राजीनामा स्वीकृत गरेको बैठकपछि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावलले जानकारी दिइन् ।
त्यस्तै बैठकले बृहत्तर लुम्बिनी विकास परियोजनाका लागि लागि विश्व बैंकको ८५ अर्ब ऋण स्वीकार गर्ने निर्णय गरेको छ ।
बैठकले ललितपुरको पुल्चोकमा रहेको जलश्रोत तथा ऊर्जा अनुसन्धान केन्द्रलाई गोदावरी स्थानान्तरण गर्ने निर्णय गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
युक्रेनलाई ६९ करोड डलर ऋण उपलब्ध गराउने आइएमएफकाे घोषणा
-
जल संरक्षणका लागि जलस्रोतमाथि कानुनी नियमन आवश्यक : ऊर्जामन्त्री श्रेष्ठ
-
प्रधानमन्त्रीसँगको छलफलपछि तयारी पोसाक उद्योगी उत्साहित : ‘मान्छे होइन, वस्तु निर्यात गरेर देश बन्छ’
-
सर्वोच्चले भन्यो- स्वैच्छिक अवकाश लिने बैंक कर्मचारीको पेन्सन वृद्धि हुँदैन
-
भारतमा डेङ्गु खोप प्रयाेगकाे अनुमति
-
पाँचौँ मुख्यमन्त्री बन्ने तरखरमा खगराज भट्ट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण