महरले भने- प्रधानमन्त्रीज्यू सुदूरपश्चिम दूर नही भन्ने स्ट्याटस व्यवहारमा कार्यान्वयन गर्नुस्
मङ्गलबार, २४ चैत २०८२, १३ : ४७
१
सारांश
- नेकपा एमालेका सांसद ऐन महरले प्रधानमन्त्रीलाई सुदूरपश्चिम दूर छैन भन्ने अभिव्यक्ति व्यवहारमा उतार्न आग्रह गरेका छन्।
- उनले सुदूरपश्चिमका सडक निर्माण सम्पन्न गर्न र बझाङमा विमान सेवा सञ्चालन गर्ने वातावरण बनाउन सरकारको ध्यानाकर्षण गराएका छन्।
काठमाडौँ । नेकपा एमालेका सांसद ऐन महरले प्रधानमन्त्री बालेन्द्र शाहले चुनावी प्रचार प्रसारका क्रममा सुदूर पश्चिममा पुगेर भनेको सुदूरपश्चिम दूर नही भन्दै राखेको स्ट्याटस व्यवहारमा कार्यान्वयन गर्न आग्रह गरेका छन् ।
प्रतिनिधि सभाको मंगलबारको बैठकमा शून्य समयमा बोल्दै महरले प्रधानमन्त्री शाहलाई प्रश्न गर्दै भने, ‘स्ट्याटस प्रचार प्रसारका लागि मात्रै लेख्नु भएको हो कि कार्यान्वयन गर्न ? कार्यान्वयन गर्न लेख्नु भएको हो भने, अब कार्यान्वयन गर्ने समय आएको छ । कार्यान्वयन गरेर देखाउनुस् ।
कार्यान्वयन गर्नका लागि हो भने त्यहाँका सडकहरू निर्माण पूरा गरिदिन आग्रह गरे । उनले बझाङमा एयरपोर्ट बने पनि प्लेन नचलेको भन्दै चल्ने वातावरण निर्माण गर्न माग गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण