सरकारले भन्यो, ‘वर्क फ्रम होम गर्नु’
सारांश
- विश्व बजारमा इन्धन सङ्कट चुलिएपछि सरकारले घरबाटै काम गर्न आग्रह गरेको छ।
- सरकारले पेट्रोलियम पदार्थको मूल्य समायोजन गर्ने र पूर्वाधार विकास करमा ५० प्रतिशत छुट दिने निर्णय गरेको छ।
- इन्धन खपत नियन्त्रण गर्न विद्युतीय साधनको प्रयोग बढाउन र आवश्यक परे जोर-बिजोर प्रणाली लागू गर्ने तयारी गरिएको छ।
काठमाडौँ । युद्धका कारण इन्धन सङ्कट चुलिएको भन्दै सरकारले घरबाटै काम गर्न आग्रह गरेको छ । सरकारले विश्व बजारमा इन्धन सङ्कट गहिरिनुका साथै मूल्यवृद्धि समेत आकासिएकाले इन्धन खपतका लागि घरबाटै काम गर्न आग्रह गरेको हो ।
मंगलबार बसेको मन्त्रीपरिषद् बैठकका निर्णयहरू सुनाउँदै मन्त्री प्रतिभा रावलले घरबाटै अफिसको काम गर्न आह्वान गरिन् । नेपालमा केही सस्तोमा विक्री गर्नका लागि पेट्रोल डिजेल मटितेलमा लाग्दै आएको पूर्वाधार विकास करमा ५० प्रतिशत छुट प्रदान गर्ने र सोको सूचना राजपत्रमा प्रकाशित गर्ने निर्णय भएको समेत उनले जानकारी दिइन् ।
मन्त्री रावलले भनिन्, ‘विश्व बजारमा इन्धनको मूल्य बढेको छ, नेपालमा केही सस्तोमा विक्री गर्नका लागि पेट्रोल डिजेल मटितेलमा लाग्दै आएको पूर्वाधार विकास करमा ५० प्रतिशत छुट प्रदान गर्ने र सोको सूचना राजपत्रमा प्रकाशित गर्ने निर्णय भएको छ । मूल्य समायोजनको बाध्यता छ । सरकारले यो तथ्य लुकाउँदैन । त्यसैले पेट्रोलियम पदार्थको मूल्य समायोजन गर्न व्यवहारिक देखिएको छ ।’
उनले थपिन्, ‘पेट्रोलियम पदार्थ खपत नियन्त्रण गर्नका लागि आइतबार सार्वजनिक बिदा, शैक्षिक संस्था वैशाख १५ बाट सुरु हुने, थोक विक्री नियन्त्रण, उच्चपदस्थको इन्धन कोटा कटौती, गरिसकिएको छ । आवश्यक परे जोर बिजोर लागू गरिनेछ । सरकार जनतासँग वर्क फ्रम होम र विद्युतीय साधनहरुको प्रयोग बढाउन आग्रह गर्छ ।’
मन्त्री रावलका अनुसार सरकारले दीर्घकालीन रूपमा विद्युतीय गाडीहरूको कानुनी व्यवस्थापन अघि बढेको छ । यसका लागि इथानोल नीतिमा तयारी भइरहेको बताइन् । ईभी पूर्वाधार विस्तारमा सरकार प्रतिबद्ध रहेको बताउँदै रावलले सरकार पारदर्शी रहेको र सत्य नलुकाउने,जनताको पीडा बुझ्ने समेत जिकिर गरिन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण