सांसद अनुष्काको प्रस्ताव : पर्यटन र पहिचानका लागि ‘जीवित आदिवासी सङ्ग्रहालय’ बनाऔँ
सारांश
- राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद अनुष्का श्रेष्ठले भाषा, लिपि र परम्परा संरक्षण गर्न 'जीवित आदिवासी सङ्ग्रहालय' स्थापना गर्न माग गरेकी छन्।
- उनले यो सङ्ग्रहालयले आदिवासी जनजातिको पहिचान जोगाउनुका साथै पर्यटन प्रवर्द्धन र दिगो आम्दानीमा टेवा पुर्याउने दाबी गरेकी छन्।
काठमाडौँ । सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद अनुष्का श्रेष्ठले ‘जीवित आदिवासी सङ्ग्रहालय’ स्थापना गर्न सरकारसँग माग गरेकी छन्। मंगलबार प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै उनले भाषा, लिपि र परम्पराको संरक्षणका साथै पर्यटन प्रवर्द्धन गर्न यस्तो अवधारणा अघि सारेकी हुन्।
सांसद श्रेष्ठले आफूले प्रस्ताव गरेको सङ्ग्रहालय केवल एक भौतिक संरचना मात्र नभई आदिवासी जनजातिका भाषा बोलिने, लिपि लेखन सिकिने र परम्पराहरूको अभ्यास गरिने एक जीवन्त थलो हुने बताइन्। आदिवासी जनजातिहरूको भाषालाई जीवन्त बनाइराख्न पनि यस्तो सङ्ग्रहालय अति आवश्यक रहेको उनको तर्क छ।
यस किसिमको सङ्ग्रहालयले नेपालको पर्यटन क्षेत्रमा दिगो आम्दानी सिर्जना गर्न र विश्वसामु नेपालको विशिष्ट ब्रान्ड निर्माणमा थप इँटा थप्ने उनले दाबी गरिन्। यसका साथै प्रवासमा रहेका लाखौँ नेपाली तथा युवा पुस्तालाई आफ्ना जरा र पहिचानसँग पुनः जोड्न यसले महत्त्वपूर्ण भूमिका खेल्ने श्रेष्ठले बताइन्।
आदिवासी पहिचान र पर्यटनलाई सँगसँगै जोड्न सक्ने यो अवधारणालाई मूर्तरूप दिन उनले सभामुखमार्फत सम्बन्धित सरकारी निकायहरूको ध्यानाकर्षण गराएकी छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण