खुस्बु ओलीको प्रश्न : रोपाइँको सिजन आउँदै छ, सरकारको मल आपूर्ति रणनीति के छ ?
सारांश
- राप्रपा सांसद खुस्बु ओलीले रोपाइँको सिजन नजिकिँदै गर्दा सरकारलाई मलको सहज आपूर्तिको व्यवस्था मिलाउन माग गरेकी छन्।
- उनले पश्चिम एसियाको द्वन्द्वका कारण मलको मूल्य वृद्धि र आपूर्तिमा देखिएको सङ्कटप्रति सरकारको रणनीतिबारे संसद्मा प्रश्न उठाएकी छन्।
- मलको अभावले उत्पादन घट्ने र अर्थतन्त्रमा गम्भीर असर पर्ने भन्दै उनले वैकल्पिक आपूर्ति स्रोत खोज्न सरकारको ध्यानाकर्षण गराएकी छन्।
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की सांसद खुस्बु ओलीले कृषि मलको आवश्यक व्यवस्था मिलाउन सरकारसँग माग गरेकी छन्। मंगलबार प्रतिनिधि सभा बैठकमा बोल्दै उनले खेती लगाउने समय नजिकिँदै गएकाले कृषि मलको व्यवस्थापनका लागि सरकारले कस्तो रणनीति अपनाएको छ भन्दै प्रश्नसमेत गरिन्।
पश्चिम एसियाको द्वन्द्वका कारण मलको मूल्य वृद्धि र आपूर्तिमा सङ्कटका सङ्केतहरू देखा परिसकेकाले सरकारले समयमै ध्यान दिनुपर्ने उनको भनाइ थियो। किसानले समयमा मल नपाए त्यसको प्रत्यक्ष मार मुलुकको अर्थतन्त्रमा समेत पर्ने भएकाले सरकारले आवश्यक निर्णय लिन ढिलाइ गर्न नहुने उनले बताइन्।
बैठकमा बोल्दै सांसद ओलीले भनिन्, ‘रोपाइँको सिजन आउँदै छ। यसअघि मल र कृषि सामग्री सुनिश्चित गर्नु अति आवश्यक छ। तर पश्चिम एसियाको द्वन्द्वका कारण मलको मूल्य वृद्धि र आपूर्ति सङ्कटका सङ्केतहरू देखापरिसकेका छन्। यस विषयलाई लिएर सरकारको तयारी के छ? म सभामुखमार्फत सोध्न चाहन्छु।’
उनले अगाडि भनिन्, ‘रोपाइँको मुखमा मलको अभाव भएमा किसानहरू पीडित हुन्छन्। हाम्रो उत्पादन घट्छ, खाद्य सुरक्षा जोखिममा पर्छ र अर्थतन्त्रमा समेत गम्भीर असर पर्छ। त्यसैले वैकल्पिक आपूर्ति स्रोत खोज्ने, आपूर्तिको विविधीकरण गर्ने र कृषि मलको आपूर्तिमा सरकारको रणनीति के छ? यसको व्यवस्था गरोस् भनेर म सरकारको ध्यानाकर्षण गराउन चाहन्छु। यो समस्याको समाधान कृषि र परराष्ट्र मन्त्रालय मिलेर गरुन्।’
सांसद ओलीले कृषि मलको सहज आपूर्तिका लागि सरकारले गरिरहेको तयारीबारे संसद्लाई प्रस्ट रूपमा जानकारी दिन आवश्यक रहेको समेत बताइन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
छात्रामाथि दुर्व्यवहार प्रकरण : थप एक जना शिक्षक पक्राउ
-
प्रदीप अधिकारीविरूद्ध अर्को मुद्दा दायर
-
शारदा ब्यारेजमा चारपाङ्ग्रे सवारी सञ्चालनमा रोक
-
पूर्वअर्थमन्त्री महतको भ्रष्टाचार मुद्दा मुल्तबीमा राख्न विशेष अदालतले किन गर्यो अस्वीकार ?
-
पक्राउ परे कालिकामाई गाउँपालिका–३ का वडाध्यक्ष पटेल
-
स्थानीय तहसम्बन्धी गुनासा मुख्यसचिवबाट सम्बोधन गरिने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण