भागबण्डासँगै राष्ट्रिय सभाका ४ समितिमा सभापति निर्विरोध
सारांश
- राष्ट्रिय सभाका ४ वटा समितिमा सभापतिहरू निर्विरोध चयन भएका छन्।
- राजनीतिक दलहरूको भागबण्डाका आधारमा एकल उम्मेदवारी परेपछि सभापतिहरू निर्विरोध निर्वाचित भएका हुन्।
काठमाडौँ । राष्ट्रिय सभा अन्तर्गत ४ समितिमा सभापति निर्विरोध चयन भएका छन् । सङ्घीय संसद् सचिवालयले ४ वटै समितिमा सभापतिका लागि उम्मेदवारी मनोनयन गर्ने समय तोकेको थियो । मनोनयनका लागि तोकिएको समयमा एक/एक जनाको उम्मेदवारी परेकाले सबै समिति सभापति निर्विरोध निर्वाचित भएका छन् ।
राष्ट्रिय सभामा प्रतिनिधित्व गर्ने नेपाली कांग्रेस, नेकपा एमाले, नेपाली कम्युनिस्ट पार्टी र जनता समाजवादी पार्टी नेपालले समितिका सभापति र उपसभापतिमा भागबण्डा गरेका थिए ।
भागबण्डामा एमालेले सभाको उपाध्यक्ष पाएको थियो । उपाध्यक्षमा एमाले सांसद लीला भण्डारी निर्विरोध भएकी छन् । उनले पद तथा गोपनीयताको शपथ लिएर पदभारसमेत ग्रहण गरिसकेकी छन् ।
त्यस्तै कांग्रेसले २, नेपाली कम्युनिस्ट पार्टी र जनता समाजवादी पार्टी नेपालले १/१ समिति सभापति पाउने सहमति दलहरूबिच भएको थियो । त्यही अनुसार आज समिति सभापतिहरूमा १/१ जनाको मात्रै उम्मेदवारी परेको हो ।
कांग्रेसका तर्फबाट विकास, आर्थिक मामिला तथा सुशासन समिति सभापतिमा कृष्णप्रसाद पौडेल र विधायन व्यवस्थापन समिति सभापतिमा कृष्णबहादुर रोकाय निर्विरोध निर्वाचित भएका छन् । दुवै समितिका बैठकमा मंगलबार एक/एक जनाको मात्रै उम्मेदवारी दर्ता भएको हो । पौडेल कांग्रेस केन्द्रीय कार्यालयका निवर्तमान मुख्यसचिव हुन् भने रोकाय कांग्रेसका राष्ट्रिय सभामा प्रमुख सचेतक थिए । सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको सभापतिमा पूजा चौधरी निर्विरोध निर्वाचित भएकी छन् । उनी जनता समाजवादी पार्टी नेपालकी सांसद हुन् ।
सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको सभापतिमा जयन्तीदेवी राई निर्वाचित भएकी छन् । उनी नेपाली कम्युनिस्ट पार्टीकी सांसद हुन् ।
राष्ट्रिय सभामा कांग्रेसका २४, नेपाली कम्युनिस्ट पार्टीका १७, नेकपा एमालेका १० र जनता समाजवादी पार्टी नेपालका ३ सांसद छन् ।
त्यस्तै राष्ट्रिय जनमोर्चाका १ र २ सरकारको सिफारिसमा मनोनीत सांसद छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राप्रपाका केही पदाधिकारीसहित १८३ नेता कार्यकर्ताद्वारा पार्टी परित्यागको घोषणा (सूचीसहित)
-
कुशलको कीर्तिमानी ब्याटिङमा नेपालको विशाल स्कोर
-
सरकार सुशासन र द्रुत आर्थिक विकासको काममा प्रतिबद्ध छ : परराष्ट्रमन्त्री खनाल
-
केन्द्रीय कारागारका कैदीलाई सामाखुसीको होटलमा लगेर मासु र बियर
-
कपिलवस्तुमा सर्पको टोकाइबाट एक युवतीको मृत्यु
-
सर्वोच्चको फैसला कार्यान्वयन गर्न केले रोक्यो ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण