लोक सेवा लगायतका परीक्षा पास गराउने भन्दै करोड भन्दा बढी ठगी गर्ने एक जना पक्राउ
सारांश
- सुर्खेत प्रहरीले लोक सेवा आयोग लगायतका विभिन्न परीक्षा पास गराइदिने भन्दै करोड बढी ठगी गर्ने २२ वर्षीय पवन विकलाई पक्राउ गरेको छ।
- पक्राउ परेका विकले विभिन्न व्यक्तिको लिखित तथा अन्तर्वार्ता परीक्षा उत्तीर्ण गराइदिने भन्दै ठगी गर्दै आएको पाइएको छ।
सुर्खेत । सुर्खेत प्रहरीले लोक सेवा लगायतका परीक्षाहरूमा पास गराइदिन्छु भन्दै करोड बढी रकम ठगी गर्ने एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा दैलेख भगवतिमाई गाउँपालिका—७ घर भई हाल वीरेन्द्रनगर नगरपालिका–१२ बस्ने २२ वर्षीय पवन विक रहेका छन् ।
जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी नायव उपरीक्षक मोहनजंग बुढ्थापाका अनुसार, जैसरा थापा नाम गरेकी एक पीडितको जाहेरीका आधारमा उनलाई नियन्त्रणमा लिएको हो ।
‘उसले लोक सेवा, प्रहरी लगायत अन्य परीक्षाहरूका अन्तर्वार्ता तथा लिखित परीक्षामा उत्तीर्ण गराइदिन्छु भनेर ठगी गर्ने रहेछ,’ उनले रातोपाटीसँग भने ।
मंगलबार खोजतलास गर्दा प्रहरीले पवनलाई वीरेन्द्रनगर नगरपालिका–६ मा लुकिछिपी बसेको अवस्थामा फेला पारेको थियो । ‘हामीले ठगी मुद्दामा अनुसन्धान गरिरहेका छौँ,’डीएसपी बुढ्थापाले भने, ‘अहिले एक जनाको उजुरी भए पनि उक्त व्यक्तिबाट ठगिनेहरू धेरै रहेको पाइएको छ ।’
ती पीडितहरूलाई सम्पर्कमा ल्याउने काम भइरहेको पनि उनले बताए । ‘उसको बैँक विवरणहरू बुझ्दा उसको खातामा करोड बढी रकम जम्मा भएको देखिन्छ,’ उनले थपे, ‘यसमा धेरै ठगिएको अनुमान हामीले गरेका छौँ । थप अनुसन्धानबाट खुल्ला ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: रास्वपाको पहिलो राष्ट्रिय महाधिवेशनदेखि हाकिमका घर जोगाउन सिंहदरबारको जग्गामा बाटोसम्म
-
ओयार्जाबाल चम्किएपछि स्पेनको फराकिलो जित, केप भर्डसँगको बराबरी बिर्साउँदै लयमा फर्कियो
-
आफ्नै अध्यक्षलाई ज्ञानेन्द्र शाहीको जवाफ: जनता कसैको दास होइनन्, त्यो भोट रास्वपाकै हो
-
इथियोपियाको सत्तारूढ ‘प्रोस्परिटी पार्टी’लाई बहुमत
-
पौडी खेल्ने क्रममा डुबेर आठ वर्षीया बालिकाको मृत्यु
-
जानकी मेडिकल कलेज प्रकरण: ओपी पाण्डे सहित १२ जनालाई प्रतिवादी बनाउन सीआईबीको राय
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण