शनिबार, २३ जेठ २०८३
ताजा लोकप्रिय
अन्तर्राष्ट्रिय समाचार

ट्रम्पको धम्कीपछि इरानको कडा चेतावनीः तेल र ग्यास आपूर्ति अवरुद्ध हुन सक्छ

मङ्गलबार, २४ चैत २०८२, २० : २९
मङ्गलबार, २४ चैत २०८२

सारांश

  • अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको धम्कीपूर्ण बयानपछि इरानको इस्लामिक रिभोलुसनरी गार्ड कोरले कडा चेतावनी दिएको छ।
  • इरानले अमेरिकाले सीमा नाघेमा तेल र ग्यास आपूर्ति अवरुद्ध गर्ने चेतावनी दिएको छ।
  • इरानी दूतावासले अमेरिका र उसका सहयोगीहरूले कहिल्यै नबिर्सिने जवाफ पाउने बताएका छन्।

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आज राति 'एउटा सभ्यता ध्वस्त हुनेछ' भनी धम्कीपूर्ण बयान दिएपछि इरानको इस्लामिक रिभोलुसनरी गार्ड कोर (आईआरजीसी) ले कडा प्रतिक्रिया जनाएको छ ।

आईआरजीसीले सरकारी सञ्चारमाध्यममार्फत जारी गरेको संयुक्त वक्तव्यमा अमेरिका र यसका क्षेत्रीय सहयोगीहरूविरुद्ध अहिलेसम्म निकै संयम देखाएको र बदला लिन लक्ष्य छनोटमा सावधानी अपनाएको बताएको छ ।

राष्ट्रपति ट्रम्पको बयानमा अमेरिकालाई चेतावनी दिँदै आईआरजीसीले अमेरिकी सेनाले आफ्नो सीमा नाघे उनीहरूको प्रतिक्रिया यस क्षेत्रभन्दा पनि बाहिरसम्म पुग्ने चेतावनी दिएको छ । अमेरिका र यसका सहयोगीहरूको पूर्वाधारलाई निशाना बनाउने र वर्षौंसम्म तेल ग्यासको आपूर्ति अवरुद्ध गर्न सक्ने उनीहरूले स्पष्ट पारेका छन् । 

अमेरिकाले पहिल्यै इरानका धेरै ठेगानाहरूलाई निशाना बनाएको छ । यसमा खार्ग टापु, पुल, विद्युत् ऊर्जा केन्द्र र अन्य महत्त्वपूर्ण स्थानहरू समावेश छन् । 

आईआरजीसीका अतिरिक्त, दक्षिण अफ्रिकास्थित इरानी दूतावासले पनि ट्रम्पको धम्कीमा कडा प्रतिक्रिया व्यक्त गरेका छन् । इरानले अमेरिका र यसका सहयोगीहरूले इरानको प्राचीन सभ्यताबाट यस्तो जवाफ पाउने र जसलाई उनीहरूले कहिल्यै बिर्सन नसक्ने भनेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप