उद्योग वाणिज्य सङ्घ बागमतीको अध्यक्षमा श्रेष्ठ निर्वाचित
मकवानपुर । नेपाल उद्योग वाणिज्य सङ्घ बागमती प्रदेशको अध्यक्षमा वेदबहादुर श्रेष्ठ निर्वाचित भएका छन् । मंगलबार सम्पन्न निर्वाचन कार्यक्रममा श्रेष्ठ ६१.०५ प्रतिशत मत प्राप्त गरी अध्यक्ष पदमा निर्वाचित भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी दुर्गा राज श्रेष्ठले ३८.९५ प्रतिशत मत प्राप्त गरे।
मंगलबार अध्यक्ष, उपाध्यक्ष र कोषाध्यक्ष पदमा मात्र निर्वाचन भएको थियो भने अन्य पद सर्वसम्मत रूपमा चयन गरिएको थियो । श्रेष्ठको नेतृत्वमा जिल्ला नगरतर्फ मकवानपुर उद्योग वाणिज्य सङ्घका निवर्तमान अध्यक्ष कृष्ण कुमार गुप्ता २१ मत प्राप्त गरी उपाध्यक्षमा निर्वाचित भएका छन् । उनका प्रतिस्पर्धी कविराज खत्रीले १० मत प्राप्त गरे ।
नेपाल वितरक सङ्घका अध्यक्ष प्रेमहरि मैनाली १४ मतका साथ वस्तुगत तर्फको उपाध्यक्षमा विजयी भएका छन् उनका प्रतिस्पर्धी राजकुमार दाहालले ६ मत प्राप्त गरे । कोषाध्यक्ष पदका लागि भएको निर्वाचनमा धादिङ उद्योग वाणिज्य सङ्घका पूर्व अध्यक्ष रुद्र बहादुर खत्री १३२ मत प्राप्त गरी विजयी भएका छन् । उनका प्रतिस्पर्धी जीवनकाजी माकजू श्रेष्ठले ८२ मत प्राप्त गरे ।
एसोसिएटतर्फ को उपाध्यक्षमा कृष्णभक्त श्रेष्ठ निर्विरोध निर्वाचित भएका छन् । वस्तुगततर्फको सदस्य पदमा ज्योतिरत्न बज्राचार्य र सदिश श्रेष्ठ, एसोसिएटतर्फको सदस्यमा उत्तम शर्मा ढकाल र नविन्द्र देव सिंह, जिल्ला नगरतर्फको सदस्य पदमा कृष्ण मुरारी न्यौपाने, जय प्रकाश श्रेष्ठ, राजकुमार कँडेल, राजन कार्की र सनत थापा निर्विरोध निर्वाचित भएका छन्
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
झापामा विपद्जन्य घटनाबाट एकै महिनामा १० करोडभन्दा बढीको क्षति
-
अमेरिकी अन्तरिक्ष यात्री क्रिस्टिना कोचलाई स्पेनको प्रतिष्ठित ‘कन्कर्ड’ पुरस्कार
-
भट्ट र अग्रवाललाई थुनामा पठाउन विशेष अदालतले लिएका चार आधार
-
तेस्रो बागमती प्रदेश खेलकुद प्रतियोगिता सुरु, ४ हजार खेलाडी सहभागी हुँदै
-
विद्युत् नियमन आयोगको अध्यक्ष पदका अन्तर्वार्ताको तालिका सार्वजनिक
-
अदालतको आदेशपछि दिपक र सुलभलाई डिल्लीबजार कारागार लगिँदै, तस्बिरहरू
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण