बिहीबार, ३२ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

बीपी राजमार्ग निर्माणमा तीव्रता दिन सरकारलाई सांसद बुढाथोकीको ध्यानकर्षण

मङ्गलबार, २४ चैत २०८२, २१ : ३०
मङ्गलबार, २४ चैत २०८२

काठमाडौँ । प्रतिनिधिसभा सदस्य डा. कृष्णहरि बुढाथोकीले बीपी राजमार्गलगायत विकास आयोजनाहरूमा भइरहेको ढिलासुस्तीका कारण रामेछाप जिल्लाको जनजीवनमा गम्भीर असर परेको बताएका छन् ।

मंगलबार प्रतिनिधिसभाको बैठकमा रामेछाप जिल्लाका सांसद बुढाथोकीले पूर्वाधार निर्माणमा भइरहेको ढिलाइ र बढ्दो बसाइँसराइप्रति सरकारको विशेष ध्यानाकर्षण गराए । 

सांसद बुढाथोकीले बीपी राजमार्ग निर्माणमा भएको ढिलाइ, जिल्लाका अन्य सडक सञ्जाल र खानेपानी आयोजनाहरू समयमै सम्पन्न नहुँदा स्थानीय नागरिकले ठुलो सास्ती खेप्नुपरेको उल्लेख गरे । भौतिक पूर्वाधारको अभाव र विकासका काममा भइरहेको अवरोधले गर्दा जिल्लाबाट बसाइँसराइको दर तीव्र भएको उनको भनाइ थियो । 

सांसद बुढाथोकीले रामेछापमा विकराल बन्दै गएको बसाइँसराइ र विकास निर्माणमा भइरहेको ढिलाइप्रति पनि सरकारलाई ध्यानाकर्षण गराए ।

बसाइँसराइका कारण जिल्ला रित्तिँदै गएको र गाउँहरू उजाड बन्दै गएको भन्दै सरकारलाई ध्यानाकर्षण गराएका हुन् । उनले देशभर जनसंख्या बढिरहँदा रामेछापमा भने १.६ प्रतिशतले जनसंख्या घट्नु चिन्ताजनक विषय भएको बताए ।  

‘देशमा जनसंख्या बढिरहँदा रामेछापमा १.६ प्रतिशतले घट्नु चिन्ताको विषय हो, ‘उनले भने, ‘बसाइँसराइले जिल्ला रित्तिँदै छ, गाउँ उजाड बन्दै गएको छ । यसको मुख्य कारण बेरोजगारी, गुणस्तरीय शिक्षा र स्वास्थ्य सेवाको अभाव, खानेपानीको समस्या, पूर्वाधारको कमी र वन्यजन्तुको आतंक हो ।’ 

बसाइँसराइ बढ्नुमा बेरोजगारी, गुणस्तरीय शिक्षा र स्वास्थ्य सेवाको अभाव, खानेपानीको दीर्घकालीन समस्या, भौतिक पूर्वाधारको कमी र वन्यजन्तुको बढ्दो आतंक प्रमुख कारण रहेको उल्लेख गरे । 

उनले जिल्लाका केही क्षेत्रहरूको संवेदनशीलताबारे भने, ‘सुनापति गाउँपालिकाको केउरिनी बस्ती पूरै जोखिममा परेको छ । त्यहाँका ७२ घरधुरीलाई तत्काल सुरक्षित स्थानमा स्थानान्तरण गर्न आवश्यक छ ।’ 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप