बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

उद्योग वाणिज्य सङ्घको चुनावी मैदानमा अर्याल

बुधबार, २५ चैत २०८२, ०९ : ३४
बुधबार, २५ चैत २०८२

सारांश

  • बुटवल उद्योग वाणिज्य सङ्घका अध्यक्ष हरिप्रसाद अर्यालले नेपाल उद्योग वाणिज्य महासङ्घको कार्यकारिणी सदस्य पदमा उम्मेदवारी घोषणा गरेका छन्।
  • अर्यालले उद्योग र व्यापार क्षेत्रको सुदृढीकरण, रोजगारी सृजना तथा नीतिगत सुधारका लागि विभिन्न योजनाहरू सार्वजनिक गरेका छन्।
  • महासङ्घको ६०औँ वार्षिक साधारण सभा तथा अधिवेशन यही चैत २९ र ३० गते काठमाडौँमा आयोजना हुँदैछ।

बुटवल । बुटवल उद्योग वाणिज्य सङ्घ, रुपन्देहीका अध्यक्ष हरिप्रसाद अर्यालले नेपाल उद्योग वाणिज्य महासङ्घको ६०औँ वार्षिक साधारण सभा तथा अधिवेशनमा कार्यकारिणी सदस्य (खुल्ला तर्फ) पदमा उम्मेदवारी घोषणा गरेका छन्।

अर्यालले देशभरका जिल्ला तथा नगर उद्योग वाणिज्य सङ्घका अध्यक्ष तथा मुख्य प्रतिनिधिहरूसँग आफ्नो पक्षमा मत दिन आग्रह गरेका छन्। उनले महासङ्घको कार्यकारिणी सदस्यमा निर्वाचित भए उद्योग तथा व्यापार क्षेत्रको सुदृढीकरणका लागि विभिन्न योजनामा काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

उनका अनुसार क, ख र ग वर्गका जिल्ला तथा नगर उद्योग वाणिज्य सङ्घहरूको छुट्टाछुट्टै समूह गठन गरी नेतृत्व विकाससम्बन्धी कार्यक्रम सञ्चालन गरिनेछ। साथै, कर, राजश्व, भन्सार, उद्योग तथा वाणिज्यसम्बन्धी आधारभूत जानकारीसहित अन्तर्देशीय व्यापारका विषयमा अभिमुखीकरण कार्यक्रम सञ्चालन गर्ने योजना रहेको उनले बताए।

यस्तै, उनले जिल्ला तथा नगर उद्योग वाणिज्य सङ्घहरूको सचिवालयलाई चुस्तदुरुस्त बनाउँदै स्थानीय स्तरमा उद्योग, व्यापारमैत्री पूर्वाधार विकास तथा आर्थिक एजेन्डामा बहस चलाउने वातावरण निर्माण गर्ने बताए।

अर्यालले स्थानीय तहसँग सहकार्य गर्दै स्थानीय उत्पादनको लागत घटाउने र बजार प्रवर्द्धनमा सहजीकरण गर्ने, साथै प्राकृतिक स्रोतमा आधारित उद्योगमार्फत रोजगारी सृजना गर्ने लक्ष्य रहेको पनि उल्लेख गरे।

त्यसैगरी, उनले महासंघअन्तर्गत जिल्लारनगर तर्फका कार्यकारिणी सदस्यहरूको भूमिका थप प्रभावकारी बनाउन विषयगत कार्यविभाजन गरी क्षमता अभिवृद्धि तथा सङ्घहरूबिच समन्वय बढाउने योजनासमेत अघि सारेका छन्। उनलाई बुटवल उद्योग वाणिज्य सङ्घले आधारित रूपमा उम्मेदवार लागि सिफारिस गरेको थियो । अर्यालले व्यवसायीहरूको हितमा काम गर्ने प्रतिबद्धतासहित उम्मेदवारी दिएको उल्लेख गर्दै अर्यालले आफ्नो पक्षमा साथ, समर्थन र मत दिन सम्पूर्ण प्रतिनिधिहरूसँग आग्रह गरेका छन्। महासंघ अधिवेशन यही चैत  २९ र ३० गते काठमाडौँमा हुँदैछ। 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप