मङ्गलबार, २६ जेठ २०८३
ताजा लोकप्रिय

प्रधानमन्त्री शाहले राजदूतहरूसँग सामूहिक भेट गर्न लागेपछि रवीन्द्र मिश्रले दिए यस्तो सुझाव

बुधबार, २५ चैत २०८२, ०९ : ५८
बुधबार, २५ चैत २०८२

सारांश

  • प्रधानमन्त्री बालेन शाहले राजदूतहरूसँग सामूहिक भेट गर्न लागेपछि रवीन्द्र मिश्रले कूटनीतिक निर्देशिकाको स्मरण गराएका छन्।
  • मिश्रले विदेशी प्रतिनिधिहरूसँगको भेटघाट पारदर्शी, व्यवस्थित र सम्मानजनक बनाउनुपर्नेमा जोड दिएका छन्।

काठमाडौँ । प्रधानमन्त्री बालेन शाहले राजदूतहरूसँग सामूहिक भेट गर्न लागेपछि राजनीतिज्ञ रवीन्द्र मिश्रले विगतमा विवेकशील साझा पार्टीले अवलम्बन गरेको कूटनीतिक निर्देशिकाको स्मरण गराएका छन् । 

सामाजिक सञ्जालमा उनले लेखेका छन्–'विवेकशील साझा पार्टीले २०७६ जेठ ३१ मा जारी गरेको १३ बुँदे कुटनीतिक निर्देशिकाले पार्टीका केन्द्रीय समिति सदस्यहरूका लागि विदेशी दूतावास, कूटनीतिक नियोग र विदेशी प्रतिनिधिहरूसँगको भेटघाट तथा सम्बन्धलाई पारदर्शी, व्यवस्थित र सम्मानजनक बनाउने उद्देश्य राखेको थियो।  नेपालको राजनीतिमा दलका नेता र विदेशी कूटनीतिकज्ञहरू बीचको अनावश्यक सम्बन्धले उत्पन्न गर्ने चलखेल र जटिलतालाई सम्बोधन गर्नु पनि सो निर्देशिकाको उद्देश्य थियो। अन्य दलहरूलाई पनि त्यस्तै अभ्यास गर्न आह्वान गरिएको थियो।'

निर्देशिकामा विदेश विभागको पूर्व स्वीकृति बिना वा औपचारिक कार्यक्रमबाहेक कुनै पनि दूतावासको अन्य कार्यक्रममा केन्द्रीय समिति सदस्यले भाग लिन नपाउने,  कुनै पनि विदेशी दूतावासका सदस्य वा विदेशीसँग राजनीतिक स्वभावको भेटघाट गर्न विदेश विभागको स्वीकृति अनिवार्य, विदेश विभागले स्वीकृति दिएको कुनै पनि भेटघाट पार्टीको कार्यालय वा तटस्थ स्थानमा मात्र हुनेलगायतका विषय समावेश छन् । 

केन्द्रीय समिति सदस्यले आफ्नो निवासमा कुनै पनि राजदूत वा विदेशी कर्मचारीलाई आमन्त्रण गर्न नपाउने, विदेश विभागले स्वीकृति दिएको विदेशी दूतावासका सदस्यसँगको भेटघाटबारे परराष्ट्र मन्त्रालयको सम्बन्धित डेस्कलाई सूचित गरिने, केन्द्रीय समिति सदस्यहरूलाई कुनै पनि गुप्तचर एजेन्सीका सदस्यहरूसँग भेटघाट गर्न पूर्ण रूपमा निषेध गरिने विषय पनि निर्देशिकामा उल्लेख रहेको मिश्रले बताएका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप