मिथिलामा साक्षरता तथ्याङ्क सङ्कलन सुरु
जनकपुरधाम । धनुषाको मिथिला नगरपालिकाले सो पालिकाभित्रका साक्षर तथा निरक्षरहरूको आजबाट तथ्याङ्क सङ्कलन सुरु गरेको छ । उक्त नगरपालिकाले साक्षर घोषणा गर्ने उद्देश्यले तथ्याङ्क सङ्कलन सुरु गरेको सो पालिकाले जनाएको छ ।
साक्षरता मूल्याङ्कन निर्देशिका २०७० बमोजिम साक्षरका १२ सूचकमध्ये छवटा सूचकमा केन्द्रित भएर काम अगाडि बढाइएको सो पालिकाका शिक्षा शाखा प्रमुख सीता काफ्लेले जानकारी दिइन् ।
सो कार्यका लागि २५ जनालाई आवश्यक प्रशिक्षण प्रदान गरिएको तथा त्यसका लागि पालिकाको सबै वडा कार्यालय तथा विद्यालयलाई समन्वयात्मक भूमिका निर्वाह गरिदिन आग्रह गरिएको काफ्लेले बताइन् ।
साथै पालिकाअन्तर्गतका विद्यार्थीमार्फत घर घरमा पुगेर तथ्याङ्क सङ्कलनमा सहयोगका लागि आग्रह गरिएको उनले बताइन् । शिक्षा तथा मानव विकास केन्द्रले तोकेको विभिन्न १२ वटा बुँदामध्ये महत्त्वपूर्ण छवटा बुँदामा उल्लेख गरिएका विषयवस्तु पढ्न–लेखन सिकाउन सके नागरिकलाई साक्षर बनाउन सकिने काफ्लेको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जोर्डनमा इरानी आक्रमणमा मारिएका दुई अमेरिकी सैनिकको परिचय सार्वजनिक
-
यूरिक एसिडको समस्या भएकाले खानै हुन्न यी खानेकुरा
-
अमेरिका–इरान युद्ध चर्किँदै गर्दा पेन्टागनमाथि पारदर्शिता अभावको आरोप
-
जानकी मन्दिरमा हर्क साम्पाङको स्वागतमा बसेका कार्यकर्ता लखेटिए
-
पाकिस्तानमा मनसुनी वर्षाका कारण ९ जनाको मृत्यु
-
विभिन्न देशद्वारा सामाजिक सञ्जालमा उमेरको सीमा कडा बनाउने नीति अख्तियार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण