परराष्ट्रमन्त्री खनाल र अमेरिकी कार्यवाहक राजदूत उर्बोमबिच भेटवार्ता
बुधबार, २५ चैत २०८२, १३ : २३
सारांश
- परराष्ट्रमन्त्री शिशिर खनाल र नेपालका लागि अमेरिकी कार्यवाहक राजदूत स्कट उर्बोमबिच शिष्टाचार भेटवार्ता भएको छ।
- भेटका क्रममा कार्यवाहक राजदूत उर्बोमले मन्त्री खनाललाई बधाई दिँदै सफल कार्यकालको शुभकामना व्यक्त गरेका छन्।
- दुई पक्षबिच नेपाल र अमेरिकाको द्विपक्षीय सम्बन्ध, आपसी हित र कूटनीतिक सहकार्यका विषयमा छलफल भएको छ।
काठमाडौँ । परराष्ट्रमन्त्री शिशिर खनाल र नेपालका लागि संयुक्त राज्य अमेरिकाका कार्यवाहक राजदूत स्कट उर्बोमबिच शिष्टाचार भेटवार्ता भएको छ । आज परराष्ट्र मन्त्रालयमा उनीहरूबिच भेटघाट भएको हो ।
भेटका क्रममा कार्यवाहक राजदूत उर्बोमले खनाललाई परराष्ट्रमन्त्रीको पदभार ग्रहण गरेकोमा बधाई दिँदै सफल कार्यकालको शुभकामना दिएका थिए ।
सो अवसरमा उनीहरूबिच नेपाल र अमेरिकाबिचको लामो समयदेखिको द्विपक्षीय सम्बन्ध, आपसी हित र सहकार्यका विविध विषयमा छलफल भएको मन्त्रालयले जनाएको छ ।
आगामी दिनमा दुई देशबीचको कूटनीतिक तथा आर्थिक सम्बन्धलाई थप बलियो बनाएर लैजाने विषयमा पनि भेटमा कुराकानी भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एक वर्षमा १२ हजारले पाए नागरिकता, सेवामा डिजिटल सुधार
-
चिलीमा शक्तिशाली आँधीका कारण १३ जनाको मृत्यु
-
पार्टी तोड्ने हैन, जोड्नेतर्फ लाग्नुपर्छः नेता आङ्देम्बे
-
तीन जिल्लामा आगलागी, सात लाख ४० हजार बराबरको क्षति
-
विशेष अदालतको ‘स्मार्ट कोर्ट’ बनाउने कार्यदिशा
-
सिक्किममा सुरुङ भत्किँदा १२ मजदुरको मृत्यु (अपडेट)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण