चितवनको कालिका नगरपालिकाद्वारा अमेरिकाको फेयरफ्याक्स सिटीसँग सहकार्य प्रस्ताव
काठमाडौँ । चितवनको कालिका नगरपालिकाले अमेरिकाको भर्जिनियास्थित फेयरफ्याक्स सिटीसँग जिपिएस प्रणालीमार्फत घर नम्बर राख्ने तथा फोहाेर व्यवस्थापन, स्वास्थ्य, शिक्षा र पूर्वाधार विकासमा सहकार्यको प्रस्ताव गरेको छ ।
हाल अमेरिका भ्रमणमा रहेका कालिका नगरपालिकाका प्रमुख विनोद रेग्मीले फेयरफ्याक्स सिटीकी मेयर क्याथरीन रिडसँग उक्त प्रस्ताव प्रस्तुत गरेका हुन् । सो क्रममा दुवै पालिकाबिच दिगो सम्बन्ध विस्तार गर्दै जाने सहमति गरिएको प्रमुख रेग्मीले जानकारी दिए ।
सो क्रममा प्रमुख रेग्मीले फेयरफ्याक्स सिटीको टेक्नोलोजी र उच्चतम विकासका ढाँचाबारेमा जानकारी लिँदै अनुभव आदानप्रदान गरिएको पनि बताए । प्रमुख रेग्मीले भने, “कालिका नगरपालिकामा कार्यान्वयन हुँदै गरेको घर नम्बरको जिपिएस प्रणालीका साथै फोहाेर व्यवस्थापन, स्वास्थ, शिक्षा, पूर्वाधार निर्माणलगायतका कार्यक्रमहरूमा सहकार्य गर्न प्रस्ताव गरेको छु, सो सम्बन्धमा सकारात्मक जवाफ प्राप्त भएको छ, निकट भविष्यमा सहकार्य हुने विश्वास लिएको छु ।”
साथै आगामी दिनहरूमा दुवै पालिका बीच सहकार्य गर्दै दिगो सम्बन्ध विस्तार गर्ने सहमति भएको पनि उनले बताए । सो क्रममा मेयर क्याथरीनले उपयुक्त समय मिलाएर आफू टिमसँगै नेपाल आउने प्रतिबद्धता जनाएकी छन् । कार्यक्रमको सहजीकरण प्राडा रामहरि सुवेदीले गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गेटा आँखा अस्पतालमा कर्मचारी र प्रशासनबिच किन भइरहेको छ लडाइँ ?
-
बाघसँग ठोक्किँदा मोटरसाइकल चालक घाइते
-
ट्राफिक कारबाहीमा एकैदिन २० लाख ८४ हजार राजस्व सङ्कलन
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
सातामा दुई दिन सार्वजनिक बिदा : सरकारी अस्पतालले कसरी गर्दैछन् बिरामी व्यवस्थापन ?
-
परराष्ट्रमन्त्री खनाल आज भारत भ्रमणमा जाँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण