बागमती प्रदेश सभामा २ विधेयक पेस
मकवानपुर । बागमती प्रदेशसभा बैठकमा २ विधेयक पेस भएका छन् । प्रदेशसभाको बुधबार बसेको बैठकमा अर्थ तथा वित्तीय र खानेपानी तथा सरसफाइ सम्बन्धी विधेयक पेस भएको हो ।
बैठकमा प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री प्रभात तामाङले प्रदेश आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक पेस गरेका हुन् भने प्रदेशका खानेपानी ऊर्जा तथा सिँचाइ मन्त्री कृष्णकुमार तामाङले प्रदेश खानेपानी तथा सरसफाइ सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक पेस गरेका हुन् । संसद्मा पेस भएका उक्त विधेयक प्रदेशसभाका आगामी बैठकमा छलफलमा अघि बढ्ने छ ।
मंगलबारबाट सुरु भएको प्रदेशसभाको हिउँदे अधिवेशन अन्तर्गतको बुधबार २ वटा बैठकहरू सञ्चालन भएका थिए । उक्त बैठकहरूमा विशेष समयमा सांसदहरूले समसामयिक विषयहरूमा धारणा राखेका थिए । प्रदेशसभाको अर्को बैठक बिहीबार बिहान बस्ने छ । उक्त बैठकमा विधेयक माथिको छलफल तथा केही प्रतिवेदनहरू पेस हुने कार्यसूची रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
युद्धविरामका बाबजुद लेबनानमा इजरायली आक्रमण जारी
-
कुवेतका जेलमा रहेका नेपाली महिलाको तत्काल उद्धार गर्न सांसद खुश्बु ओलीको माग
-
सभामुख अर्यालसँग बङ्गलादेशका राजदूतको शिष्टाचार भेट
-
धवलसँग पार्टी गठनको पूर्वसन्ध्यामा दुर्गा प्रसाईँ नेतृत्वको महाअभियान छलफलमा
-
क्षयरोगका बिरामी खोज्दै टीकापुर नगरपालिका
-
५७ वर्षे नेविसंघको आयु कति ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण