ललितपुरको अपार्टमेन्टमा बसेर सट्टेबाजी गराउने ९ जना पक्राउ
सारांश
- ललितपुरको हात्तिवन स्थित अपार्टमेन्टबाट अनलाइन जुवा खेलाउने ९ जनालाई प्रहरीले पक्राउ गरेको छ।
- पक्राउ परेका व्यक्तिहरूले ३१ करोड २४ लाख भन्दा बढीको कारोबार गरेको भेटिएको छ।
- अनुसन्धानका लागि उनीहरूलाई जिल्ला प्रहरी परिसर जावलाखेल पठाइएको छ।
काठमाडौँ । ललितपुरको हात्तिवन स्थित सिटी स्केप अपार्टमेन्टमा बसेर अनलाइन जुवा खेलाएको आरोपमा प्रहरीले ९ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा ३ जना भारतीय नागरिक पनि छन् ।
मंगलबार अपार्टमेन्टको दुई वटा ब्लकबाट उनीहरूलाई पक्राउ गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी मनोहर भट्टले रातोपाटीलाई बताए । पक्राउ पर्नेमा भारत घर भएका ३५ वर्षीय चेतन यादव, ३३ वर्षीय आशिष शर्मा, २१ वर्षीय रौनक सिंह, पूर्वी नवलपरासी घर भएका २६ वर्षीय सुजन दवाडी, तनहुँ घर भएका २४ वर्षीय निरोज राना र कास्कीका २६ वर्षीय आशिष रेग्मी छन् ।
त्यस्तै, प्रहरीले दाङ घर भएका २६ वर्षीय हार्दिक पोखरेल, लमजुङ घर भएका २५ वर्षीय सुरेश पराजुली र डोटी घर भएका २६ वर्षीय योगेन्द्र कुँवरलाई प्रहरीले पक्राउ गरेको छ ।
आरोपीहरूले ३१ करोड २४ लाख ३४ हजार कारोबार गरेको भेटिएको एसपी भट्टले बताए । अनलाइन सट्टेबाजी गराउने गिरोहको साथबाट प्रहरीले ८ थान ल्यापटप र २४ थान मोबाइल तथा ३१ थान सिमकार्ड बरामद गरेको छ । आरोपीहरूमाथि थप अनुसन्धान गर्न उपत्यका अपराध अनुसन्धान कार्यालयले उनीहरूलाई जिल्ला प्रहरी परिसर जावलाखेलमा पठाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण