‘प्रदेश सरकार खर्चिला छैनन्’
कास्की । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले जुन रुपमा प्रदेश सरकार खर्चिलो भयो भनेर बाहिर प्रचार भइरहेको छ, त्यो भ्रम मात्र भएको बताएका छन् ।
गण्डकी प्रदेश प्रशिक्षण प्रतिष्ठानको सातौँ स्थापना दिवसका अवसरमा आज आयोजित ‘सङ्घीयता सबलीकरणमा प्रदेश अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको भूमिका’ विषयक नीति संवाद कार्यक्रममा मुख्यमन्त्री पाण्डेले त्यस्तो भ्रममा नपर्न आग्रहसमेत गरे ।
महालेखाको वित्तीय विवरणअनुसार सङ्घ सरकारको ५० प्रतिशत, स्थानीयको ४५ प्रतिशत र प्रदेश सरकारको पाँच प्रतिशत खर्च हुने गरेको तथ्याङ्क मुख्यमन्त्री पाण्डेले जानकारी दिए । गण्डकी प्रदेश सरकारले खर्च कटौती गर्ने उद्देश्यले एक वर्षअघि कर्मचारी कटौती र केही कार्यालय ‘मर्ज’ गरिएको जानकारी मुख्यमन्त्री पाण्डेले बताए।
“सङ्घीयताको मर्म र भावना नबुझ्ने हो भने सङ्घीयता खारेज गरिदिए हुन्छ”, मुख्यमन्त्री पाण्डेले भने, “जनताको घरआँगनको सरकार हो, जनताको गाली र उनीहरुले नै चाँहदैनन् भने फालिदिए हुन्छ ।”
संविधानसभा सदस्य डा राधेश्याम अधिकारीले प्रतिष्ठानले सङ्घीयतालाई कसरी सवल बनाउने भन्नेतर्फ अगाडि बढ्दै अनुसन्धान, तालिम र परामर्शमा जुट्न आग्रह गरे।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अस्ट्रेलियामा दुर्लभ समान चम्ल्याहा छोरीको जन्म
-
म्याराथनको टिसर्टमा खुम्चिएका बीपी : फेसन कि समाजवाद ?
-
विपक्षी दलहरूले विपद् व्यवस्थापनबारे राष्ट्रियसभामा गृहमन्त्रीको ध्यानाकर्षण प्रस्ताव दर्ता गर्दै
-
एक खर्ब निक्षेप सङ्कलन गर्दै केन्द्रीय बैंक
-
प्रहरी कर्मचारीलाई ट्राफिक नियन्त्रण तालिम
-
कांग्रेसले घोषणा गर्यो कल्याण कोष
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण