न्याय परिषद्ले गर्यो न्यायाधीश हेरफेर
काठमाडौँ । न्याय परिषद्ले सैनिक विशेष अदालतको अध्यक्ष पदमा उच्च अदालत पाटनका न्यायाधीश चन्द्र बहादुर सारुलाई अदालतको कामकाजसमेत गर्ने गरी तोक्न बुधबार नेपाल सरकारलाई परामर्श दिने निर्णय गरेको छ ।
काठमाडौँ उपत्यका विकास प्राधिकरणको निर्णय उपर पुनरावेदन सुन्ने समितिको अध्यक्ष पदमा उच्च अदालत पाटनका न्यायाधीश टंकप्रसाद गुरुङलाई अदालतको कामकाजसमेत गर्ने गरी तोक्न नेपाल सरकारलाई परामर्श दिने निर्णय समेत गरिएको छ ।
उच्च अदालत विराटनगर राज्यलक्ष्मी बज्राचार्यलाई अस्थायी इजलास ओखलढुंगामा काजमा खटाउन सिफारिस गर्ने निर्णय समेत गरिएको छ । काठमाडौँ जिल्ला अदालतका श्रेस्तेदार तीर्थराज भट्टराईलाई कैलाली जिल्लाको न्यायाधीशमा सिफारिस गरिएको छ भने उच्च अदालत जनकपुरका न्यायाधीश श्यामकुमार भट्टराईलाई राष्ट्रिय न्यायिक प्रतिष्ठानमा काजमा खटाउन सिफारिस गर्ने निर्णय गरिएको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
महाकालीमा जलस्तर घटेपछि बनबासा पुलमा यातायात सञ्चालन
-
आकर्षक वैदेशिक रोजगारीको नाममा ठगी गर्ने पक्राउ
-
लागूऔषधसहित विभिन्न स्थानबाट १७ जना पक्राउ
-
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
-
अनुमगनका क्रममा कैफियत भेटिएपछि दुई फर्मलाई विभागको जरिवाना
-
पछिल्लो २४ घण्टामा ६६ वटा विपद्का घटना, दुई जनाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण