युवालाई रजनीकान्तको सन्देश : कुलतमा नलाग्नुस्, जीवन नर्क बन्छ
सारांश
- सुपरस्टार रजनीकान्तले युवा पुस्तालाई कुलत र नशाबाट टाढा रही आफ्नो भविष्यप्रति गम्भीर हुन आग्रह गरेका छन्।
- उनले नराम्रो बानीले आफ्नो मात्र नभई परिवारको समेत क्षति हुने भन्दै सचेत रहन सुझाव दिएका छन्।
- रजनीकान्तको बहुप्रतिक्षित फिल्म 'जेलर २' को छायाङ्कन पूरा भई आगामी जुन १२ मा रिलिज हुने भएको छ।
मुम्बई । सुपरस्टार रजनीकान्त ७५ वर्षको उमेरमा पनि अभिनय र सामाजिक कार्यमा उत्तिकै सक्रिय छन् । हालै चेन्नई एयरपोर्टमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले युवा पुस्ताका लागि आफ्नो पढाइ र भविष्यप्रति गम्भीर हुन आग्रह गर्दै नशा वा रक्सी जस्ता नराम्रा बानीबाट टाढा रहन सुझाएका छन् ।
‘युवाहरूले आफ्नो जीवनका बारेमा गम्भीर भएर सोच्नुपर्छ । यदि तपाईं गलत बाटोमा लाग्नुभयो भने तपाईंको जीवन नर्क बन्न सक्छ’, उनले अगाडि भनेका छन्– ‘स्वस्थ रहनुहोस् । नशा वा रक्सीको लतमा नपर्नुहोस् । उनले यदि तपाईंलाई केही चोट लाग्यो वा क्षति भयो भने त्यो तपाईंको मात्र होइन, तपाईंको आमाबुबा र पूरै परिवारको क्षति हो ।’
उनले नशा गर्ने साथीबाट समेत टाढा रहन सल्लाह दिएका छन् । रजनीकान्तको बहुप्रतिक्षित फिल्म ‘जेलर २’ को छायाङ्कन पूरा भएको छ ।
हाल पोस्ट–प्रोडक्सनको काम चलिरहेको फिल्म २०२३ को ब्लकबस्टर फिल्म ‘जेलर’ को सिक्वेल हो । नेल्सन दिलीप कुमार निर्देशित ‘जेलर२’ आगामी जुन १२ मा रिलिज हुनेछ । फिल्ममा मिथुन चक्रवर्तीको विशेष भूमिका रहने छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: कर्णालीका मन्त्रीको मनपरीदेखि विद्यार्थी सङ्गठनका संरचना हटाउन निर्देशनसम्म
-
पहिलो हाफको समाप्तिसम्म ब्राजिलविरुद्ध जापानको १–० को अग्रता
-
जापानद्वारा ब्राजिलविरुद्ध १–० को सुरुवाती अग्रता, २९औँ मिनेटमा काइशु सानोको गोल
-
घट्दै रोपाइँको क्षेत्रफल
-
ट्रम्प लज्जास्पद रूपमा असफल : बाइडेन
-
यू–२० राष्ट्रिय रग्बी: महिलातर्फ बागमती र कोशी फाइनलमा, पुरुषतर्फको सेमिफाइनल समीकरण पूरा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण