शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

कार्ल्सबर्ग गल्फ क्लासिक : १३० खेलाडीबिच उपाधिका लागि भिडन्त हुँदै

बिहीबार, २६ चैत २०८२, १३ : ३७
बिहीबार, २६ चैत २०८२

सारांश

  • गोर्खा ब्रुअरीको आयोजनामा आगामी अप्रिल १० र ११ तारिखमा 'कार्ल्सबर्ग गल्फ क्लासिक २०२६' काठमाडौंमा हुँदैछ।
  • यो प्रतियोगितामा देशभरका करिब १३० जना एमेच्योर गल्फ खेलाडीहरूले स्टेबलफोर्ड फर्म्याटमा प्रतिस्पर्धा गर्नेछन्।

काठमाडौँ । नेपालको प्रतिष्ठित कर्पोरेट गल्फ प्रतियोगिता ‘कार्ल्सबर्ग गल्फ क्लासिक २०२६’ आगामी अप्रिल १० र ११ तारिखमा आयोजना हुने भएको छ। गोर्खा ब्रुअरी प्रा.लि.ले काठमाडौंको ऐतिहासिक रोयल नेपाल गल्फ कोर्समा यस दुई दिने प्रतियोगिताको आयोजना गर्न लागेको हो। 

गल्फ खेलको प्रबर्द्धन र खेलाडीहरूलाई उत्कृष्ट अनुभव प्रदान गर्ने उद्देश्यले सञ्चालन हुन लागेको यो प्रतियोगिता यस सिजनकै सबैभन्दा प्रतिक्षित एमेच्योर गल्फ इभेन्टमध्ये एक बन्ने देखिएको छ। प्रतियोगितालाई थप रोमाञ्चक र व्यवस्थित बनाउन आयोजकले लोकप्रिय स्टेबलफोर्ड फर्म्याट छनोट गरेका छन्। 

यसमा स्कोरिङको गणना ३/४ ह्यान्डिक्यापका आधारमा गरिनेछ, जसले गर्दा विभिन्न स्तरका खेलाडीहरूबिच निष्पक्ष र प्रतिस्पर्धात्मक खेल हुने सुनिश्चित गर्दछ। सहभागीहरूका लागि ह्यान्डिक्यापको सीमा समेत निर्धारण गरिएको छ। जसअनुसार पुरुषतर्फ अधिकतम १८ र महिलातर्फ २४ ह्यान्डिक्याप सम्मका खेलाडीले मात्र प्रतिस्पर्धामा भाग लिन पाउनेछन्। यस नियमले खेलको गुणस्तर र प्रतिस्पर्धालाई अझ सन्तुलित बनाउने अपेक्षा गरिएको छ।

दुई दिनसम्म चल्ने यस प्रतियोगितामा देशभरका करिब १३० जना गल्फ प्रेमीहरूको सहभागिता रहने अनुमान गरिएको छ। कार्ल्सबर्गले लामो समयदेखि खेलकुद र सक्रिय जीवनशैलीलाई प्रोत्साहन गर्दै आएको छ। यो प्रतियोगितामार्फत कम्पनीले आफ्नो ब्रान्डको सम्बन्धलाई प्रिमियम खेल अनुभवसँग अझ सुदृढ बनाउने र खेलाडीहरूबीच भ्रातृत्व र खेल भावना अभिवृद्धि गर्ने लक्ष्य राखेको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप