हिज्बुल्लाह उपप्रमुखका निजी सचिव मारिएको इजरायलको दाबी
काठमाडौँ । इजरायलले बुधबार बेरुत नजिकै गरिएको हवाई आक्रमणमा हिजबुल्लाका उपप्रमुखका निजी सचिव मारिएको दाबी गरेको छ । इजरायली सेनाका अनुसार, उक्त आक्रमणमा अली युसुफ हर्षी मारिएका हुन् ।
उनी हिज्बुल्लाहका उपप्रमुख नइम कासिमका भतिजा र निजी सल्लाहकार समेत थिए । इजरायली रक्षा बल (आईडीएफ)ले हर्षीलाई “कासिमका नजिकका सहयोगी तथा कार्यालय व्यवस्थापन र सुरक्षामा प्रमुख भूमिका खेल्ने व्यक्ति” भनेर भनेको छ ।
यो घोषणा इजरायलले लेबनानमा व्यापक हवाई आक्रमण गरेपछि आएको हो । इजरायलले यसलाई युद्ध सुरु भएयताकै सबैभन्दा ठुलो समन्वित आक्रमणमध्ये एक बताएको छ । आईडीएफका अनुसार इरान समर्थित हिज्बुल्लाहका १०० भन्दा बढी कमाण्ड सेन्टर र सैन्य संरचनाहरूलाई देशभर एकैसाथ निशाना बनाइएको थियो । लेबनानको स्वास्थ्य मन्त्रालयले भने ती आक्रमणमा कम्तीमा १८२ जनाको मृत्यु भएको र ८९० जना घाइते भएको जनाएको छ ।
यसैबिच रातभर दक्षिणी लिबनानमा पनि इजरायली कारबाही जारी रहेको बताइएको छ। आईडीएफले लिटानी नदीमाथिका दुई महत्त्वपूर्ण नाकाहरूमा आक्रमण गरेको दाबी गर्दै ती मार्गहरू हिज्बुल्लाहले हतियार, रकेट तथा लञ्चर ओसारपसार गर्न प्रयोग गर्ने गरेको आरोप लगाएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
-
हर्मुज तनावसँगै तेल बजार प्रभावित
-
दुई महिनादेखि फोहर नउठ्दा शिवगञ्ज बजारमा समस्या
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण