नयाँ वर्षदेखि उपत्यकामा रात्रिकालीन बस सञ्चालन गर्नेबारे छलफल
सारांश
- आगामी नयाँ वर्ष वैशाख १ गतेदेखि काठमाडौँ उपत्यकामा रात्रिकालीन साझा बस सेवा सञ्चालन हुने भएको छ।
- महानगरपालिकाले पहिलो चरणमा दुई प्रमुख रुटमा चारवटा अत्याधुनिक विद्युतीय बस सञ्चालन गर्ने तयारी गरेको छ।
काठमाडौँ । काठमाडौँ उपत्यकाको रात्रिकालीन जनजीवनलाई सहज बनाउन आगामी नयाँ वर्ष वैशाख १ गतेदेखि रात्रिकालीन साझा बस सेवा सञ्चालनमा आउने भएको छ ।
बिहीबार काठमाडौँ महानगरपालिका, ललितपुर महानगरपालिका र साझा यातायात लगायतका सरोकारवाला निकायबिच रातको समयमा पनि सुरक्षित र भरपर्दो सार्वजनिक यातायात उपलब्ध गराउने विषयमा छलफल भएको हो ।
बैठकमा यात्रुहरूको सुविधालाई केन्द्रमा राखी सेवा सञ्चालनलाई थप व्यवस्थित, प्रभावकारी तथा उत्तरदायी बनाउने विषयमा साझा धारणा निर्माण गरिएको छ । महानगरपालिकाले नागरिकको सुविधालाई ध्यानमा राख्दै पहिलो चरणमा दुई वटा प्रमुख रुटमा रात्रिकालीन विद्युतीय बस चलाउने तयारी गरेको छ। पहिलो रुटले उत्तर र दक्षिणलाई जोड्नेछ ।
यो रुट ललितपुरको लगनखेलबाट सुरु भई पाटन अस्पताल, अल्का, नर्भिक, प्रसूति गृह, ट्रमा सेन्टर, वीर अस्पताल, कान्ति अस्पताल, टिचिङ अस्पताल र गंगालाल हृदय केन्द्र हुँदै बुढानीलकण्ठसम्म पुग्नेछ। करिब १६ किलोमिटर लामो यो रुटले सहरका मुख्य अस्पतालहरूलाई समेट्ने भएकाले बिरामी र तिनका आफन्तलाई ठुलो राहत पुग्ने विश्वास गरिएको छ ।
त्यसैगरी दोस्रो रुट पूर्व–पश्चिम दिशामा सञ्चालन हुनेछ। थानकोटबाट सुरु हुने यो सेवा सतुंगल, कलंकी, कालीमाटी, त्रिपुरेश्वर, थापाथली, माइतीघर मण्डला, बानेश्वर, मीनभवन र तीनकुने हुँदै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलसम्म पुग्नेछ। २० किलोमिटर लामो यो रुटले विमानस्थल जाने र फर्कने यात्रुसहित मुख्य सहरी क्षेत्रका बासिन्दालाई सेवा दिनेछ।
सुरुवाती चरणमा यी दुई रुटमा ४ वटा अत्याधुनिक विद्युतीय बसहरू सञ्चालन गरिनेछन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बढुवा भएका एसपी ध्रुव श्रेष्ठको लुम्बिनी प्रदेशमा काज सरुवा
-
विद्युतीय सवारी साधन नियन्त्रण : छानबिन टोली मुस्ताङमा
-
तरकारी र दूधमा मानव स्वास्थ्यमा असर पार्ने विषादी
-
नेपालमा मनसुन आउन एक साता लाग्ने
-
१० बजे १० समाचार : रविको ‘विकास कूटनीति’देखि प्रधानमन्त्री मौनसम्म
-
प्रहरीको प्राविधिक तर्फका ४ जना इन्स्पेक्टरको सरुवा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण