औषधिको मूल्यवृद्धि छानबिन गर्न स्वास्थ्य सचिवलाई निर्देशन
सारांश
- औषधीको मूल्य बढाएको आरोपमा औषधी व्यवस्था विभागका महानिर्देशक नारायणप्रसाद ढकाललाई स्वास्थ्य मन्त्रालय तानिएको छ।
- प्रधानमन्त्री कार्यालयले औषधीको मूल्य वृद्धिको विषयमा छानबिन गर्न तीन सदस्यीय समिति गठन गर्न स्वास्थ्य सचिवलाई निर्देशन दिएको छ।
- सात दिनभित्र प्रतिवेदन बुझाउन र मूल्य निर्धारण प्रक्रियाका साथै अनियमिततामा संलग्नको खोजी गर्न निर्देशन दिइएको छ।
काठमाडौँ । औषधिको मूल्य बढाएको भन्दै औषधि व्यवस्था विभागका महानिर्देशक नारायणप्रसाद ढकाललाई कारबाही स्वरूप स्वास्थ्य मन्त्रालय तानिएको छ । स्वास्थ्य तथा जनसंख्यामन्त्री निशा मेहतास्तरीय निर्णयबाट ढकाललाई बिहीबार राति मन्त्रालय तानिएको हो ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले साथै, औषधिको मूल्य वृद्धिको विषयमा छानबिन गर्न स्वास्थ्य मन्त्रालयलाई निर्देशन दिएपछि ढकाललाई मन्त्रालय तानिएको हो । प्रधानमन्त्री कार्यालयले त्यस सम्बन्धमा छानबिन गर्न तीन सदस्यीय विज्ञ सम्मिलित छानबिन समिति गठन गर्न स्वास्थ्य सचिव विकाश देवकाेटालाई निर्देशन दिएको छ ।
प्रधानमन्त्री कार्यालयमा परेको उजुरीका आधारमा प्रधानमन्त्री कार्यालयले स्वास्थ्य सचिवलाई सात दिनभित्र प्रतिवेदन पेस गर्न निर्देशन दिएको प्रधानमन्त्री निकट स्रोतले जनाएको छ ।
‘औषधिको मूल्य वृद्धिबारे के भएको हो ? औषधि मूल्य निर्धारण प्रक्रिया के के हुन् ? अनियमिततामा को को संलग्न छन् खुलाएर प्रतिवेदन पेस गर्नु’, प्रधानमन्त्री कार्यालयले दिएको निर्देशनमा भनिएको छ ।
अनधिकृत रूपमा औषधिको मूल्य बढाएको भन्दै केही दिन पहिला प्रतिनिधिसभा बैठकमा समेत सांसदले विषय उठान गरेका थिए । बुधबारको प्रतिनिधिसभा बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद राजीव खत्रीले औषधिको अनधिकृत मूल्यवृद्धि सम्बन्धी प्रश्न उठाउँदै अरबौँको घोटाला भएको हुनसक्ने बताएका थिए ।
सांसद खत्रीले महालेखा परीक्षकको प्रतिवेदनलाई आधार बनाउँदै औषधि व्यवस्थापनमा गम्भीर अनियमितता भएको बताएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
घरायसी विवादमा श्रीमतीको हत्या
-
मदिराले मातेपछि विवाद, ढुङ्गा प्रहार गर्दा एक जनाको मृत्यु
-
‘बाध्यकारी श्रम’को आरोपमा बेलायत र क्यानडासहित ६० व्यापार साझेदारमाथि भन्सार शुल्क लगाउने ट्रम्पको चेतावनी
-
‘घरदैलोको अदालत’ले विश्वास जित्दै, दलित समुदायको पहुँच भने कमजोर
-
ट्राफिक कारबाहीमा एकैदिन २२ लाख ७६ हजार राजस्व सङ्कलन
-
सोच्ने कामको जिम्मा एआईलाई दिनु हुँदैन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण