‘सीताको धरातलका सुस्केराहरू’ सार्वजनिक
शुक्रबार, २७ चैत २०८२, १९ : ५३
सारांश
- कवि तथा गीतकार सीता सिम्खडाद्वारा रचित 'सीताको धरातलका सुस्केराहरू' कृति सार्वजनिक भएको छ।
- वरिष्ठ गीतकार प्रा.डा. कृष्णहरि बरालले एक समारोहका बीच उक्त कृतिको विमोचन गरेका हुन्।
- पुस्तकमा ६६ वटा कविता र २३ वटा गीतका साथै दुईवटा गीतको म्युजिक भिडियो पनि सार्वजनिक गरिएको छ।
काठमाडौँ । ‘सीताको धरातलका सुस्केराहरू’ सार्वजनिक भएको छ । नेपाल प्रज्ञा प्रतिष्ठानको पारिजात हलमा शुक्रबार आयोजित समारोहमा बरिष्ठ गीतकार प्रा.डा. कृष्णहरि बरालले उक्त कृतिको विमोचन गरेका हुन् ।
कवि तथा गीतकार सीता सिम्खडाद्वारा रचित ‘सीताको धरातलका सुस्केराहरू’मा ६६ वटा कविता र २३ वटा गीत सङ्कलित छन् । कृतिमा समेटिएका दुइ गीत– ‘आँखै रसायो’ र ‘म आफैँलाई चिन्दै छु’को म्युजिक भिडियो पनि समारोहमा सार्वजनिक गरिएको थियो ।
राज सागरको संगीत र इन्दिरा जोशीको स्वर रहेको ‘म आफैँलाई चिन्दै छु’मा मिथिला शर्माले अभिनय गरेकी छन् । त्यस्तै, ‘आँखै रसायो’मा सन्तोष श्रेष्ठको संगीत र निशान भट्टराईको स्वर रहेको छ ।
यी दुवै म्युजिक भिडियो ओएसआर डिजिटलले बजारीकरण गर्ने भएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
औद्योगिक क्षेत्रको बक्यौता नतिर्नेमाथि कठोर कदम: सात दिनभित्र भुक्तानी नगरे सञ्चालक नै पक्राउ पर्ने
-
सरकारद्वारा जिल्ला भूमि समस्या समाधान समिति गठन, प्रमुख जिल्ला अधिकारीलाई अध्यक्षको जिम्मेवारी
-
यार्सागुम्बा सिजनमा सुनसान बने उत्तरी गोरखाका गाउँ
-
टोखाबाट खैरो हिरोइनसहित एक जना पक्राउ
-
सुदूरपश्चिम प्रदेशमा यस्तो बन्यो पुनर्गठित मन्त्रिपरिषद् (सूचीसहित)
-
रुकुम पश्चिममा ब्राउन सुगरसहित दुई जना पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण