शपथ ग्रहण समाराेह
उपसभामुख ठाकुरले लिइन् शपथ
शुक्रबार, २७ चैत २०८२, २० : ३९
सारांश
- प्रतिनिधि सभाका नवनियुक्त उपसभामुख रुबी कुमारी ठाकुरले पद तथा गोपनीयताको शपथ लिएकी छन्।
- सभामुख डोलप्रसाद अर्यालले उनलाई शपथ ग्रहण गराएका हुन्।
काठमाडौँ । प्रतिनिधि सभाका नवनियुक्त उपसभामुख रुबी कुमारी ठाकुरले शपथ लिएकी छन् ।
शुक्रबार उपसभामुखमा निर्वाचित उनलाई सभामुख डोलप्रसाद अर्यालले शपथ खुवाएका हुन् । शपथ ग्रहण समारोहमा राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री बालेन्द्र शाह समेत उपस्थित थिए।
प्रतिनिधि सभामा आज भएको मतदानमा ठाकुरको पक्षमा २२९ मत परेको छ । विपक्षमा ५ मत परेको छ भने तटस्थमा २२ मत परेको छ । मतदानमा २५६ सांसद सहभागी भएका थिए ।
उपसभामुखका दुई प्रतिस्पर्धीमध्ये राप्रपाकी सरस्वती लामाको प्रस्ताव बहुमतले अस्वीकृत भएसँगै ठाकुर निर्वाचित भएकी हुन् । श्रम संस्कृतिकी ठाकुर जेनजी सांसद हुन् । उनी समानुपातिकर्फ निर्वाचित भएकी थिइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेसलाई लोकतन्त्रका लागि लड्ने क्षमता मिलोस् : केपी ओली
-
अभियन्ता वेदिका केसी पक्राउ
-
विद्युत् नियमन आयोगको अध्यक्षमा पुनः डा.धिताल नियुक्त
-
कसैले आलोचना गर्दैमा ढुङ्गा हानेर गन्तव्यमा पुग्न सकिँदैन : विश्वप्रकाश शर्मा
-
अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था मिलाउन प्रधानमन्त्रीको निर्देशन
-
नेपालमा हुने तिब्बतसम्बन्धी सम्मेलनमा चीनको चासो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण