कर्णालीका मुख्यमन्त्री भन्छन्- बालेन सरकारको मानसिकता पनि केन्द्रीकृत नै देखियो
सारांश
- कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलले बालेन साह नेतृत्वको सरकारको मानसिकता केन्द्रीकृत रहेको आरोप लगाएका छन्।
- उनले केन्द्र सरकारको व्यवहारले प्रदेश र स्थानीय तहको अधिकार कुण्ठित भएको बताएका छन्।
- सङ्घीयताको मर्म विपरीत केन्द्र सरकारले सामान्य परिपत्रका आधारमा प्रदेशको अधिकार विस्थापित गर्न खोजेको उनको भनाइ छ।
सुर्खेत । कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलले बालेन साह नेतृत्वको सरकारको मानसिकता पनि केन्द्रीकृत नै रहेको बताएका छन् । साहले प्रदेश सरकारहरूलाई अधिकार सम्पन्न गराइने बताए पनि व्यवहारमा त्यो नदेखिएको उनले बताए ।
‘नयाँ सरकारको प्रदेश र स्थानीय तहप्रति परम्परागत र केन्द्रीकृत मानसिकता देखायो,’ शनिवार मुख्य न्यायाधिवक्ताको कार्यालयमा आयोजित एक कार्यक्रममा बोल्दै उनले भने, ‘जसका कारण सरकार सञ्चालनमा विभिन्न जटिलता उत्पन्न भएको छ ।’
कँडेलले केन्दीकृत मानसिकताको कारण सङ्घीयता कार्यान्वयनमा नै चुनौती थपेको कँडेलको भनाइ छ । उनले थपे, ‘संविधान कार्यान्वयन भएको एक दशक बितिसक्यो, तर अपेक्षाअनुसार संरचनागत विषय कार्यान्वयन हुन सकेको अवस्था छैन ।’
कँडेलले पछिल्लो समय प्रदेशसभा र स्थानीय सरकार विधायिकाको अधिकारसमेत कुण्ठित गर्ने प्रयास भइरहेको पनि बताए ।संविधानले दिएको अधिकारलाई केन्द्र सरकारले सामान्य परिपत्रका आधारमा विस्थापित गर्ने प्रयास भइरहेको पनि उनले बताए । ‘जुन सङ्घीयताको मर्म विपरीतको काम हो,’ उनले थपे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आरजुमाथि किन भएन अभियोग दायर ?
-
लखनउको कोचिङ सेन्टरमा भीषण आगलागी, १४ बालबालिकाको मृत्यु
-
बेलायतमा राजनीतिक अस्थिरताः १० वर्षमा सातौँ प्रधानमन्त्री
-
फिलिपिन्सको विद्यालयमा गोलीबारी, तीन विद्यार्थीको मृत्यु
-
विष्णु पौडेल पक्राउबारे जिप्रकाले दियो औपचारिक जानकारी
-
लागुऔषध सेवन गरेर सवारी चलाउने १० चालक हेटौंडाबाट पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण