विश्लेषक दाहाल भन्छन् : कर्णालीमा विकास होइन, राज्यले दिने न्यायको अभाव छ
सारांश
- लेखक केशव दाहालले कर्णालीमा विकासको भन्दा पनि राज्यबाट प्राप्त हुने न्यायको अभाव रहेको बताएका छन् ।
- उनले कर्णालीलाई वर्गीय विभेद, लैङ्गिक असमानता र गरिबीबाट बाहिर निकाल्न राज्यले काम गर्न नसकेको टिप्पणी गरेका छन् ।
- कर्णाली आफैँ गरिब नभई उसलाई जानाजान पछाडि पारिएको दाहालको भनाइ छ ।
सुर्खेत । लेखक तथा विश्लेषक केशव दाहालले कर्णाली प्रदेशमा विकास नभई राज्यले दिने न्यायको अभाव रहेको बताएका छन् । शनिबारदेखि वीरेन्द्रनगरमा सुरु भएको कर्णाली उत्सवमा बोल्दै दाहालले विविधता युक्त सभ्यताले भरिपूर्ण कर्णालीलाई वर्गीय विभेद, लैङ्गिक असमानता र गरिबीको गहिरो घाउबाट बाहिर निकाल्ने काम राज्यले नगरेको बताए ।
राजनीतिक रूपमा अनेक परिवर्तन भए पनि कर्णालीको जीवनमा त्यो परिवर्तनको प्रभाव सधैँ कमजोर रहेको उनको भनाइ छ ।
‘जहाँ अपार सम्पदा छ, जल छ, जङ्गल छ, प्रकृति छ, धर्म छ, त्यो कर्णाली गरिब हुन्छ कसरी,’ उनले प्रश्न गरे, ‘त्यो किनारमा पर्छ कसरी ? परित्यक्त हुन्छ कसरी । अविकसित हुन्छ कसरी ? अन्धविश्वासी हुन्छ कसरी ?’
सिञ्जा उपत्यकामा फस्टाएको खस सभ्यताले नेपाली भाषा, संस्कृति र राज्य निर्माणको आधार दिएको दाहाल बताउँछन् । तर कर्णालीको भाषा, भाषिकामा सङ्कुचित भएको उनले बताए ।
उनले अगाडी थपे, ‘कर्णालीको सभ्यता किनारमा कसरी पुग्यो ? यसको खोज हामीले गर्नै सकेनौँ ।’ ‘कर्णाली गरिब थिएन, गरिब बनाइएको हो,’ उनले अगाडी भने, ‘जो, कमजोर थिएन, कमजोर बनाइएको थियो । जो दुर्गम थिएन, दुर्गम बनाइएको थियो ।’
सत्ता सधैँ केन्द्रमा सीमित हुँदा कर्णाली सधैँ पिँधमा धकेलिँदै जाँदा कर्णाली पछाडि परेको नभई कर्णालीलाई पछाडि पारिएको दाबी उनको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बालबालिकाको सुरक्षा सुनिश्चित गर्न राष्ट्रसङ्घको आह्वान
-
रवि फर्किएपछि परराष्ट्रमन्त्री खनाल भारत जाने
-
बागमतीमा वित्तीय बेथिति: टुक्रे योजनामा बजेट छरियो, अर्बौंका मेसिन गोदाममै सड्दै
-
घरायसी विवादमा श्रीमतीको हत्या
-
मदिराले मातेपछि विवाद, ढुङ्गा प्रहार गर्दा एक जनाको मृत्यु
-
‘बाध्यकारी श्रम’को आरोपमा बेलायत र क्यानडासहित ६० व्यापार साझेदारमाथि भन्सार शुल्क लगाउने ट्रम्पको चेतावनी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण