जनताका हक अधिकार खोस्ने गतिविधि भए प्रतिवाद हुन्छ : प्रचण्ड
सारांश
- नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले संविधानमाथि छेडखानी गर्दै जनताका अधिकार खोस्ने गतिविधि भए सडक र सदनबाट प्रतिवाद गर्ने चेतावनी दिएका छन्।
- उनले रास्वपा नेतृत्वको सरकारलाई रचनात्मक सहयोग गर्ने बताउँदै जनवर्गका अधिकारमाथि प्रहार भएमा सह्य नहुने स्पष्ट पारेका छन्।
- निर्वाचनको परिणामबारे पार्टीभित्र गम्भीर समीक्षा भइरहेको र सङ्गठनलाई बलियो बनाउन आफूहरू लागिपरेको उनले बताएका छन्।
काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी(नेकपा)का संयोजक पुष्पकमल दाहाल प्रचण्डले संविधानमाथि छेडखानी गर्दै जनताले पाएका हक अधिकार खोस्ने गतिविधि भए सडक र सदनबाट प्रतिवाद गर्ने बताएका छन् ।
शनिबार पार्टी कार्यालय पेरिसडाँडामा अखिल नेपाल महिला संघ (क्रान्तिकारी) सम्पर्क समन्वय प्रदेश समितिले आयोजना गरेको कार्यक्रममा संयोजक प्रचण्डले रास्वपा नेतृत्वको सरकारलाई रचनात्मक ढङ्गले सहयोग हुने भन्दै संविधानमाथि छेडखानी र राष्ट्रिय हितमाथि कहीँ कतैबाट आँच आउन थाले सडक र सदनबाट प्रतिवाद गर्ने बताएका हुन् ।
अहिले विद्यार्थीहरूको हक अधिकार र कर्मचारी ट्रेड युनियनको अधिकारबारे सरकारले प्रश्न उठाउन खोजेको भन्दै प्रचण्डले लामो सङ्घर्ष, ठुलो त्याग र बलिदान गरेर प्राप्त भएका अधिकारहरू, जनवर्गका अधिकारमाथि कुनै किसिमको छेडखानी नगर्न चेतावनी समेत दिए ।
उनले आफूहरू संविधान संशोधनको विरोधमा नभएको उल्लेख गर्दै जनताको अधिकार थप गर्न र सङ्घीयतालाई बलियो बनाउन सकारात्मक भूमिका र सहयोग हुने स्पष्ट पारे ।
त्यस्तै उनले सोचेको भन्दा अलि फरक ढङ्गले निर्वाचन परिणाम आएकाले पार्टीभित्र गम्भीर रूपमा समीक्षा भइरहेको जानकारी दिए । उनले पार्टीभित्र आत्मसमीक्षा गर्दै जनतामा जाने र सङ्गठनलाई बलियो बनाउन सके आगामी निर्वाचनमा पहिलेको जस्तै नजिता ल्याउन सकिने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कृषिमन्त्री चौधरी र मधेस प्रदेशका मुख्यमन्त्री यादवबिच भेट
-
युक्रेनको बन्दरगाहमा व्यापारिक जहाजमाथि हमला, ४ भारतीयको मृत्यु
-
महिलालाई थारु परिकार बनाउने सीप
-
नेपाल–रुस दौत्य सम्बन्धको ७०औँ वर्षगाँठ मनाइयो
-
वीरगञ्जमा मुख्य सडक विस्तार अभियान पुनः सुरु
-
वार्ताका लागि मध्यस्थकर्तामार्फत् कूटनीतिक च्यानल सक्रिय : इरान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण