सोमबार, ११ साउन २०८३
ताजा लोकप्रिय

काठमाडौँ महानगरले १५ हजार विद्यार्थीको रगतको समूह परीक्षण गर्ने

शनिबार, २८ चैत २०८२, २२ : ३९
शनिबार, २८ चैत २०८२

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले महानगरभित्रका विद्यालय तहमा अध्ययरत विद्यार्थीको रगतको समूह परीक्षण गर्ने भएको छ ।

कक्षा ६ देखि १० सम्म पढ्ने करिब १५ हजार विद्यार्थीको रगतको समूह पत्ता लगाउन रगत परीक्षण गर्ने भएको महानगरका मेडिकल अधिकृत डा दिवस न्यौपानेले जानकारी दिए । उनले विद्यार्थीको रगतको समूह पत्ता लागेपछि विपद्का बेला रगत खोज्न सजिलो हुने बताए । उनले भने, “ती विद्यार्थीको रगत समूह पत्ता लागेपछि विपद्को बेला काम लाग्न सक्छ ।”

ती विद्यार्थीको रक्तदाताको रुपमा तथ्याङ्क राख्ने र आवश्यक परेको बेला बोलाउन सक्ने उनले बताए । महानगरले वैशाखमा नयाँ भर्ना खुलेसँगै विद्यालयमै गएर रगत सङ्कलन गर्ने जनाएको छ ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप