हार्वर्ड हेल्थ ह्याकाथन सम्पन्न : सेकेन्ड आई बन्यो विजेता
सारांश
- काठमाडौँ विश्वविद्यालयमा आयोजित हार्वर्ड हेल्थ ह्याकाथनको नेपाल फाइनल सफलतापूर्वक सम्पन्न भएको छ।
- डा. लतिका गिरिको नेतृत्वमा रहेको सेकेन्ड आई टोली प्रतियोगितामा विजेता घोषित भएको छ।
- विजेता बनेका उत्कृष्ट तीन टोलीहरूले अब अन्तर्राष्ट्रिय चरणमा नेपालको प्रतिनिधित्व गर्नेछन्।
काठमाडौँ । नेपालको स्वास्थ्य र प्रविधि क्षेत्रमा नवप्रवर्तनको नयाँ युग सुरुवात गर्दै काठमाडौँ विश्वविद्यालयमा आयोजित हार्वर्ड हेल्थ ह्याकाथनको नेपाल फाइनल सफलतापूर्वक सम्पन्न भएको छ। नेपाल टेक्नोलोजी इनोभेसन सेन्टर (एनटीआईसी) द्वारा आयोजित यो कार्यक्रम नेपालमा पहिलोपटक आयोजना गरिएको हार्वर्डस्तरीय स्वास्थ्य ह्याकाथन हो, जसले नेपाललाई विश्वव्यापी स्वास्थ्य नवप्रवर्तनको सञ्जालमा जोडेको छ।
हेल्थ सिस्टम्स इनोभेसन ल्याब अन्तर्गत सञ्चालित यस ह्याकाथनमा देशभरका उदीयमान नवप्रवर्तकहरूले स्वास्थ्य क्षेत्रका जटिल चुनौतीहरू समाधान गर्न कृत्रिम बुद्धिमत्ता (एआई) र पहुँच विस्तार जस्ता प्रविधिमा आधारित समाधानहरू प्रस्तुत गरेका थिए। अप्रिल १० देखि सुरु भएको दुईदिने कार्यक्रममा काठमाडौँ विश्वविद्यालयका उपकुलपति प्रा. डा. अच्युत वाग्ले, अमेरिकी दूतावासका माइक हर्कर, कोइकाका चुङ्ग ही र डोल्मा फन्डका टिम गोसर लगायतका प्रतिष्ठित व्यक्तित्वहरूको सहभागिता थियो।
देशभरिबाट सहभागी भएका ४०० भन्दा बढी टोलीमध्ये विभिन्न क्षेत्रीय प्रतिस्पर्धा पार गर्दै ४७ टोलीहरू फाइनलमा पुगेका थिए। ती टोलीहरूमध्ये डा. लतिका गिरिको नेतृत्वमा रहेको सेकेन्ड आई टोली विजेता घोषित भएको छ। यस्तै एक्विपल्स प्रथम उपविजेता र इभोमोई द्वितीय उपविजेता बनेका छन्। यी उत्कृष्ट तीन टोलीहरूले अब अन्तर्राष्ट्रिय चरणमा नेपालको प्रतिनिधित्व गर्नेछन्, जहाँ उनीहरूले बोस्टनमा हुने अन्तिम चरणका लागि विश्वस्तरीय टोलीहरूसँग प्रतिस्पर्धा गर्ने अवसर पाउनेछन्।
एनटीआईसीका निर्देशक प्रा. डा. बिम श्रेष्ठ र चिफ अफ इनोभेसन डा. सञ्जीव गुप्ताले यो कार्यक्रम नेपालका लागि नवप्रवर्तनको क्षेत्रमा निर्णायक क्षण भएको बताएका छन्। यस कार्यक्रमले नेपाली युवाहरूको विचार र प्रविधि विश्वस्तरमा प्रतिस्पर्धा गर्न सक्षम रहेको प्रमाणित गरेको उनीहरूको भनाइ छ। निर्णायक मण्डलमा डा. नितिन भण्डारी, सञ्जय पौडेल, प्रा. डा. रोशी लामिछाने, डा. निशान भट्टराई र प्रा. डा. रवीन्द्र बिस्ट रहेका थिए।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बढुवा भएका एसपी ध्रुव श्रेष्ठको लुम्बिनी प्रदेशमा काज सरुवा
-
विद्युतीय सवारी साधन नियन्त्रण : छानबिन टोली मुस्ताङमा
-
तरकारी र दूधमा मानव स्वास्थ्यमा असर पार्ने विषादी
-
नेपालमा मनसुन आउन एक साता लाग्ने
-
१० बजे १० समाचार : रविको ‘विकास कूटनीति’देखि प्रधानमन्त्री मौनसम्म
-
प्रहरीको प्राविधिक तर्फका ४ जना इन्स्पेक्टरको सरुवा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण