पौडी खेल्ने क्रममा बेपत्ता युवक शव फेला
आइतबार, २९ चैत २०८२, ११ : ५८
सारांश
- धनुषाको कमल खोलामा पौडी खेल्ने क्रममा बेपत्ता भएका १८ वर्षीय युवकको शव फेला परेको छ।
- सशस्त्र प्रहरीको गोताखोर टोलीले घटनास्थलबाट करिब ४० मिटर तलबाट युवकको शव निकालेको छ।
धनुषा । धनुषामा पौडी खेल्ने क्रममा बेपत्ता युवक शव फेला परेको छ । जिल्लाको गणेशमान चारनाथ नगरपालिका–५ टोडकीटोलस्थित कमल खोलामा पौडी खेल्ने क्रममा बेपत्ता युवकको शव आइतबार बिहान सशस्त्र प्रहरीको गोताखोरले फेला पारेको हो ।
जनकपुरधाम उपमहानगरपालिका–६ बस्ने १८ वर्षीय महमद आयन कमड चैत्र २८ गते खोलामा पौडी खेल्ने क्रममा डुबेर बेपत्ता भएका थिए ।
सो घटनालगत्तै सशस्त्र प्रहरी बल नेपाल सुरक्षा बेस रघुनाथपुर र प्रहरी चौकी चिसापानीबाट खटिएको टोलीले खोजी कार्य गरेको थियो । सो टोली बेपत्ता युवकलाई फेला नपारेपछि गोताखोर टोली परिचालन गरिएको थियो ।
गोताखोर टोली घटनास्थलबाट करिब ४० मिटर तल झन्डै ४० मिटर गहिराइबाट उनको शव निकालेको सशस्त्र प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
निकुञ्जले बाँड्यो एक करोड २९ लाख राहत
-
सवारी चालक अनुमतिपत्र प्राप्त गर्न इजाजत प्राप्त चिकित्सकलाई मान्यता दिने व्यवस्था मिलाउन आग्रह
-
विश्वकप फाइनलमा हारपछि अर्जेन्टिनाका प्रशिक्षक स्कालोनी भावुक, पत्रकार सम्मेलनमा माफी माग्दै बाहिरिए
-
इंग्ल्याण्डले जित्यो शृङ्खला, रोहित शर्माको शतक व्यर्थ
-
पेप्सीकोलामा कृत्रिम घाँसे फुटबल मैदान निर्माण धमाधम, दुई महिनाभित्र काम सकिने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण