बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

ललितपुर महानगरले सार्वजनिक बिदामा पनि अत्यावश्यक सेवा दिने

आइतबार, २९ चैत २०८२, १४ : ०७
आइतबार, २९ चैत २०८२

सारांश

  • ललितपुर महानगरपालिकाले सार्वजनिक बिदाका दिनहरूमा पनि अत्यावश्यक सेवाहरू सुचारु गर्ने निर्णय गरेको छ।
  • नगर प्रहरी, दमकल, एम्बुलेन्स र सरसफाइ जस्ता सेवाहरू अब सार्वजनिक बिदाका दिनमा पनि निरन्तर सञ्चालन हुनेछन्।

काठमाडौँ । ललितपुर महानगरपालिकाले सार्वजनिक बिदाका दिनहरूमा समेत अत्यावश्यक सेवाहरू सुचारु गर्ने निर्णय गरेको छ ।  सरकारले सार्वजनिक बिदा दिइएको शनिबार र आइतबार पनि  महानगरबाट सेवा दिने निर्णय गरेको महानगरले जनाएको छ । 

विशेष गरी आकस्मिक र अत्यावश्यक प्रकृतिका सेवाहरूलाई लक्षित गर्दै महानगरले सार्वजनिक बिदाका दिनहरू समेत सेवा प्रवाह गर्ने जनाएको हो । यस्तो निरन्तर सेवा उपलब्ध हुने क्षेत्रहरूमा नगर प्रहरी बल, दमकल, एम्बुलेन्स, शव वाहन, वातावरण तथा सरसफाइ र एकद्वार पर्यटन सेवा रहेका छन् । यी सेवाहरू जनताको दैनिक सुरक्षा र स्वास्थ्यसँग प्रत्यक्ष जोडिएकाले कुनै पनि दिन बन्द नहुने गरी व्यवस्थापन मिलाइएको  महानगरले जनाएको छ ।

महानगरपालिकाका सूचना अधिकारी देवीप्रसाद गुरागाईंका अनुसार  सम्बन्धित विभाग र शाखामा कार्यरत कर्मचारीहरूलाई समेत तोकिएको समय र बिदाको तालिका अनुसार कार्य गर्न र गराउन निर्देशन दिइएको छ ।

670751706_2467455600341149_8974777891246066579_n

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप