हलबाहिर घेरिए विराज भट्ट
काठमाडौँ । नयाँ वर्षलाई लक्षित गर्दै रिलिजमा आएको फिल्म हो ‘राम नाम सत्य’ । फिल्मले सुरुवाता दुई दिनमा सुखद ओपनिङ गर्न सफल भएको वितरक गोविन्द शाहीले बताए । उनका अनुसार फिल्मको विराज भट्टको एक्सन दर्शकले धेरै रुचाएका छन् ।
दर्शकले एक्सन रुचाएपछि निर्माण युनिटले विराज भट्टलाई लिएर शनिबार र आइतबार विभिन्न हलमा दर्शक प्रतिक्रिया लिन पुगेको थियो । सो अवसरमा दर्शकले फिल्मको कथा र एक्सन मनपरेको प्रतिक्रिया दिएका थिए । शनिबार र आइतबार विराज काठमाडौँका विभिन्न हलमा पुगे । अष्टनारायण हलमा भने उनी दर्शकमाझ घेरिएका थिए । विराजलाई देख्दा सुरुमा हुटिङ र सिटी बजाएका दर्शकले उनलाई सेल्फी र तस्बिरका लागि घेर्दा उनलाई त्यहाँबाट फुत्किन हम्ब हम्बे परेको थियो ।
‘मलाई फिल्मको व्यापार कस्तो होला भन्ने डर लागेको थियो । तर, दर्शकले फिल्मलाई मन पराउनुभयो म एकदमै खुसी छु,’ विराजले भने ।
माइकल चन्दको निर्देशन रहेको फिल्ममा विराजको साथमा सुशील श्रेष्ठ, दिव्या रायमाझी, सुपुष्पा भट्ट, सुनील थापा, प्रशान्त ताम्राकार, आयुष सिंह ठकुरी, खुशी कार्कीलगायत कलाकारको अभिनय छ । माइकल इन्टरटेन्मेन्ट हाउसको प्रस्तुतिमा निर्माण भएको फिल्मका कार्यकारी निर्माता किशोर भट्ट, राजेन्द्र भट्ट र अर्जुन सुनार हुन् । यस्तै, फिल्मका सह–निर्माता तेजराज चटौत र दमन बहादुर चन्द सह–निर्माताका रूपमा छन् ।
मोती कार्की क्रियटिभ निर्माता रहेको फिल्ममा राजेन्द्र आचार्य लाइन प्रोड्युसरका रूपमा छन् । काफिया फिल्म्स् र कुबेर सिने डिस्ट्रिब्युसनको वितरण गरेको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कीर्तिपुर घटना : सुरेशचन्द्र श्रेष्ठले आत्मदाह गरेको अनुसन्धान निष्कर्ष
-
विपक्षीले राष्ट्रियसभामा दर्ता गराए जरुरी सार्वजनिक महत्वको प्रस्ताव
-
मापसे काण्डमा वार्नरले स्वीकारे गल्ती, कप्तान पद सङ्कटमा
-
क्ल्याक्टन उपनिर्वाचन: आरोप, राजीनामा र पुनः जनादेश ?
-
गाडीमा ब्रेक नहुनेले सरकार चलाउने, दौडमा ब्रेक नहुनेले प्रतिपक्ष चलाउने : गगन थापा
-
अरुणका कालजयी गीत गुन्जिँदा...
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण