‘ट्रस्ट मी भनेर गरिएको म्यासेज भविष्यमा ड्यान्जरस हुनसक्छ’
अनलाइन जोखिमबारे प्रहरीले गरायो सचेत
आइतबार, २९ चैत २०८२, १८ : ५३
सारांश
- नेपाल प्रहरीले अनलाइनमा कसैलाई विश्वास गर्नुअघि सावधानी अपनाउन आम नागरिकलाई सचेत गराएको छ।
- प्रहरीले गोप्य फोटो आदानप्रदान नगर्न र अश्लील कुराकानीबाट टाढा रहन आग्रह गरेको छ।
- दबाब वा लोभमा नपरी समस्या परेमा तुरुन्त नजिकैको प्रहरी कार्यालयमा सम्पर्क गर्न प्रहरीले अनुरोध गरेको छ।
काठमाडौँ । नेपाल प्रहरीले अनलाइन जोखिमबारे आम नागरिकलाई सचेत गराएको छ । आइतबार प्रहरीले सामाजिक सञ्जालमार्फत कसैलाई विश्वास गुर्नअघि सोच्नुपर्ने बताएको हो ।
चिनेको व्यक्ति,साथी,चिनजान वा अपरिचित जो कोहीबाट पनि अनलाइन जोखिम हुन सक्ने भन्दै सचेत गराएको हो ।
कसैसँग पनि गोप्य खालको फोटो नखिच्न तथा आदानप्रदान समेत नगर्न प्रहरीले आग्रह गरेको छ ।
त्यस्तै कसैसँग पनि अपशब्द वा अश्लील कुराकानी(च्याट) नगर्न समेत आग्रह गरेको छ । कसैले दबाब, लोभ वा भावनामा पारेर अनुरोध गरेमा अस्वीकार गर्न एवं ट्रस्ट मी भनेर गरिएको म्यासेज भविष्यमा ड्यान्जरस हुनसक्ने भन्दै प्रहरीले सचेत गराएको हो ।
समस्या परेमा तुरुन्त नजिकैको प्रहरी कार्यालयमा सम्पर्क गर्न समेत भनिएको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एनसेल र ट्रिप टर्बोबीच साझेदारी : बस, जहाज र साहसिक पर्यटनमा भारी छुटको सुविधा
-
रास्वपा स्थापनाको चार वर्षमा रवि झन् शक्तिशाली बन्दै
-
यी हुन् मधेस बाहेकका रास्वपाका महाधिवेशन प्रतिनिधि
-
रास्वपा महाधिवेशनस्थलमा सेना र पुलिसको बम स्क्वाड टोलीले गर्यो चेकजाँच (तस्बिरहरु)
-
रास्वपाको ऐतिहासिक महाधिवेशनः आज के–के हुँदै छ ? [LIVE UPDATES]
-
मुटुको लागि किन महत्त्वपूर्ण छ क्याल्सियम ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण