मोटरसाइकल चोरी गरेर नम्बर प्लेट बदल्ने पक्राउ
काठमाडौँ । काठमाडौँको बुढानीलकण्ठबाट हराएको एउटा मोटरसाइकलसहित चोरीमा संलग्न एक व्यक्तिलाई ट्राफिक प्रहरीले रङ्गेहात पक्राउ गरेको छ ।
बुढानीलकण्ठ नगरपालिका–११ स्थित आनी गुम्बा क्षेत्रबाट बागमती प्रदेश–०२–०५४ प ६९८८ नम्बरको निलो रङको २५० सीसीको केटीएम ड्युक मोटरसाइकल हराएको भन्दै सवारी धनीले उजुरी दिएका थिए । सोही निवेदनका आधारमा खोजी कार्यमा खटिएको ट्राफिक प्रहरी टोलीले शनिबार बिहान पुरानो बानेश्वर सडक खण्डमा उक्त मोटरसाइकल फेला पारेको हो ।
पक्राउ पर्ने समयमा चोरीमा संलग्न व्यक्तिले वास्तविक नम्बर प्लेट परिवर्तन गरी मधेस प्रदेश–०१–००३ प ४२९६ नम्बर राखेर चलाइरहेका थिए । शङ्का लागेर जाँच गर्दा मोटरसाइकल चोरीको पुष्टि भएपछि प्रहरीले सवारी साधन र चालक दुवैलाई नियन्त्रणमा लिएको छ ।
थप अनुसन्धान र कानुनी कारबाहीका लागि पक्राउ परेका व्यक्तिलाई प्रहरी वृत्त बौद्ध पठाइएको ट्राफिक प्रहरी कार्यालयले जनाएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एनसेल र ट्रिप टर्बोबीच साझेदारी : बस, जहाज र साहसिक पर्यटनमा भारी छुटको सुविधा
-
रास्वपा स्थापनाको चार वर्षमा रवि झन् शक्तिशाली बन्दै
-
यी हुन् मधेस बाहेकका रास्वपाका महाधिवेशन प्रतिनिधि
-
रास्वपा महाधिवेशनस्थलमा सेना र पुलिसको बम स्क्वाड टोलीले गर्यो चेकजाँच (तस्बिरहरु)
-
रास्वपाको ऐतिहासिक महाधिवेशनः आज के–के हुँदै छ ? [LIVE UPDATES]
-
मुटुको लागि किन महत्त्वपूर्ण छ क्याल्सियम ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण