सम्पत्ति विवरण सार्वजनिक
‘पहेँलो’ देखियो बालेन नेतृत्वको मन्त्रिपरिषद्
आइतबार, २९ चैत २०८२, २१ : ०६
सारांश
- प्रधानमन्त्री बालेन शाह नेतृत्वको मन्त्रिपरिषद्का सदस्यहरूको सम्पत्ति विवरण सार्वजनिक भएको छ।
- सार्वजनिक विवरणअनुसार अधिकांश मन्त्रीहरूसँग ठूलो परिमाणमा सुन रहेको देखिएको छ।
काठमाडौँ । बालेन शाह नेतृत्वको वर्तमान मन्त्रिपरिषद्का सदस्यहरुको सम्पत्ति विवरण सार्वजनिक भएको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले आइतबार सार्वजनिक गरेको विवरणमा प्रधानमन्त्री र अधिकांश मन्त्रीहरूसँग ठूलो परिमाणमा सुन रहेको देखिएको छ ।
कतिपय मन्त्रीहरूले यी बहुमूल्य धातुहरूलाई पुर्ख्यौली सम्पत्तिका रूपमा उल्लेख गरेका छन् भने कतिपयले विवाह र स्वआर्जनबाट प्राप्त भएको जनाएका छन् ।
विशेष गरी प्रधानमन्त्री बालेन शाह र गृहमन्त्री सुधन गुरुङको परिवारसँग सुनको परिमाण निकै उच्च देखिएको छ । त्यस्तै, अन्य युवा मन्त्रीहरूको विवरणमा पनि सुनको आकर्षण बढी नै देखिन्छ।


सम्बन्धित समाचार
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लखनउको कोचिङ सेन्टरमा भीषण आगलागी, १४ बालबालिकाको मृत्यु
-
बेलायतमा राजनीतिक अस्थिरताः १० वर्षमा सातौँ प्रधानमन्त्री
-
फिलिपिन्सको विद्यालयमा गोलीबारी, तीन विद्यार्थीको मृत्यु
-
विष्णु पौडेल पक्राउबारे जिप्रकाले दियो औपचारिक जानकारी
-
लागुऔषध सेवन गरेर सवारी चलाउने १० चालक हेटौंडाबाट पक्राउ
-
पोखरा लेकसाइड नजिकै दुर्घटना, एक युवकको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण