उद्योग मन्त्री यादवसँग अथाह सम्पत्ति : काठमाडौँ र मधेसमा जग्गैजग्गा
सारांश
- उद्योग मन्त्री गौरी कुमारी यादवको सार्वजनिक गरिएको सम्पत्ति विवरणमा काठमाडौँ र महोत्तरीमा ठूलो परिमाणमा जग्गा जमिन रहेको देखिएको छ।
- मन्त्री यादवसँग १८० तोला सुन, हिराका गहनाका साथै विभिन्न बैंकमा लाखौँ नगद र कम्पनीहरूमा करोडौँको लगानी रहेको छ।
- उनले बिग मार्टलाई जग्गा लिजमा दिएर मासिक ९० हजार रुपैयाँ भाडा प्राप्त गरिरहेको र विभिन्न शीर्षकमा ऋण रहेको समेत उल्लेख गरेकी छन्।
काठमाडौँ । उद्योग मन्त्री गौरी कुमारी यादवको सम्पत्ति विवरण आज सार्वजनिक गरिएको छ । जसअनुसार उनीसँग काठमाडौँ र महोत्तरीमा अथाह जग्गा जमिन, १८० तोला सुन, करोडौँको लगानी र बैंक मौज्दात रहेको देखिएको छ ।
प्रधानमन्त्री कार्यालयले आइतबार सार्वजनिक गरेकाे विवरणअनुसार मन्त्री यादवको काठमाडौँ महानगरपालिका वडा नम्बर ९ मा १ रोपनी १ आना २ दाममा तीनतले घर रहेको छ । त्यस्तै, काठमाडौँ–१० मा १४ आना जग्गा, सोही वडामा अर्को ठाउँमा ७ आना एक पैसा २ दाम जग्गा र फेरि सोही वडामा ९ आना १ पैसा तीन दाम जग्गा पनि उनको नाममा रहेको उल्लेख छ ।
महोत्तरी जिल्लातर्फ, बर्दिबास नगरपालिकामा १४ कठ्ठा, बर्दिबासमै अर्को ठाउँमा १५ कठ्ठा, र बर्दिबासका अन्य दुई ठाउँमा साढे ६ बिघा जग्गा रहेको उनले जनाएकी छन् । यसका साथै, महोत्तरीकै सम्सीमा १ कठ्ठा र मनरासिस्वा नगरपालिकामा एउटा पोखरी पनि उनको नाममा रहेको विवरणमा देखिन्छ ।
मन्त्री यादवले ३० वर्षअघि खरिद गरेको भनिएको १८० तोला सुन, दुई किलो चाँदी र २ सेट अर्थात् चार रिङ हिराको गहना पनि आफ्नो सम्पत्तिको रूपमा खुलाएकी छन् ।
बैंक तथा वित्तीय संस्थामा उनको चार लाख रुपैयाँ सिद्धार्थ बैंकमा, एक लाख रुपैयाँ लक्ष्मी सनराइज बैंकमा, २ लाख रुपैयाँ ग्लोबल आईएमई बैंकमा, डेढ लाख रुपैयाँ सीभीआईसीमा र डेढ लाख रुपैयाँ मनमोहन स्वास्थ्य सहकारीमा रहेको देखिन्छ । यसका अतिरिक्त, विभिन्न कम्पनीमा ३ करोड ३८ लाख रुपैयाँ लगानी रहेको पनि उनको विवरणमा उल्लेख छ ।
सम्पत्ति मात्र नभई, मन्त्री यादवले ऋणको विवरण पनि सार्वजनिक गरेकी छन् । शिवजी यादवको नाममा १ करोड ६० लाख रुपैयाँ ऋण रहेको उनले उल्लेख गरेकी छन् । त्यस्तै कात्तिक यादवको नाममा १ लाख ८७ हजार रुपैयाँको अटो ऋण रहेको र ५७ लाख रुपैयाँ पर्ने कार पनि सोही नाममा रहेको विवरणमा देखिन्छ ।यसका अ
तिरिक्त उनले ३३२ कित्ता जग्गा बिग मार्टलाई लिजमा दिएको र त्यसबाट मासिक ९० हजार रुपैयाँ भाडा प्राप्त भइरहेको पनि सम्पत्ति विवरणमा खुलाएकी छन् ।
मन्त्री गौरी कुमारी यादव दीपक साह बर्खास्तीमा परेपछि उद्योग मन्त्रीको जिम्मेवारीमा आएकी हुन् । उनी महोत्तरी–४ बाट निर्वाचित सांसद हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ईपीजी प्रतिवेदनप्रति परराष्ट्रमन्त्रीले चासो देखाए, बुझे दराजको चाबी
-
सिंगापुर विकास मोडलबारे कांग्रेस केन्द्रीय कार्यालयमा छलफल
-
पोखरा बसपार्कका सुकुमबासी सार्न प्रस्ताव गरिएका यी हुन् ६ ठाउँ
-
श्रीलङ्का केयर होम आगलागी: प्रबन्धक पक्राउ
-
अनौपचारिक श्रम बजारमा ज्याला ठगी संरचनागत समस्या : अध्ययन
-
पोखरा बसपार्क क्षेत्रका घर नभत्काउन उच्च अदालतको अल्पकालीन आदेश
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण